♦सुनिल शिवाकोटी
१७ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले कटिबंध भएर गरे के हुदैन भन्ने कुरालाई आफ्नै लगानीमा विकट र दुर्गम स्थानमा जीपलाईन निर्माण गर प्रमाणित गर्न सफल भएको छ। गाउँपालिकाको वडा नम्बर २ बैकुण्ठमा निर्मित कैलाश—बैकुण्ठ जीपलाइनको पहिलो चरणको परिक्षण सफल भएको छ ।
जीपलाइनका प्राविधिक टोली सहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, ईन्जिनियर अनिल जोशी लगायतको टोली पुगेर शनिबार पहिलो चरणको परीक्षण गरेको थियो ।स्थानीय तहले बजेट विनियोजन गरी निर्माण भएको यो पहिलो जीपलाईन हो।
स्थानीय सरकार सञ्चालन ऐनको एकल अधिकार भित्र नपरेको अवस्थामा गाउँपालिका राष्ट्रिय महासंघका कार्य सम्पादन समितिका सदस्य समेत रहनुभएका कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पर्यटन पर्यावरणको प्रवद्र्धनमा यस खालका विकास स्थानीयतहको एकलअधिकार भित्र हुनुपर्छ भनी प्रस्ताव राखेका थिए ।
आफ्नो यस भनाइमा संघीय सरकार पनि सकरात्मक भएपछि जीपलाइनको निर्माण कार्य सुरु गरिएको मोक्तानले जनाएका छन् ।
मेरो नेतृत्वको गाउँपालिका टिम कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्दै एक हजार दुई सय मिटर लामो जीपलाइ निर्माण गरेर असम्भव कुरालाई काम गरेर सम्भावना पार्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको देखाएको बताए।
"पर्यटन, पर्यावरणको विकासमा कैलाश गाउँपालिका पछि हटेको छैन्, यो जीपलाइन सञ्चालन पछि धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जीपलाइन पारखीलाई उत्कृष्ट गन्तव्यस्थल सावित हुनेछ" - अध्यक्ष मोक्तानले भने ।धादिङसँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको छ। बैकुण्ठमा जीपलाइन सँगै विभिन्न पर्यटकीय पार्कहरु समेत निर्माण भइसकेका छन् ।
यता उक्त स्थानमा जीपलाइनका लागि फोरजी कम्पनीले आव २०७९\८० मा एक करोड ९० लाख ९७ हजार खर्च लाग्ने भनी सवक्षर्णे गरी गाउँपालिकामा प्रतिवेदन बुझाएको गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र दत्तभट्टले बताएका छन्।
पालिकाले बहुवर्षिय योजना बनाई दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम(हारनेस) र तार निर्माण गरिएको उहाँले बताउनुभयो । ०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्यानिर्माण सेवा सँग ८८ लाख ५६ हजार ७ सात६१ रुपैयाँमा ०८१ फागुन मसान्त सम्ममा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको प्रमुखभट्टले जनाएका छन्। जीपलाइन प्राविधिक एंव प्रशिक्षक बद्री घिमिरेले जीपलाईन चढेर परीक्षण गरेका थिए।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















