Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

टावरडाँडा खानेपानीको अध्यक्षमा पुन: दुलाल

FB_IMG_1740835688900-1740840172.jpg

फोटो:भिमसेन पौडेल

१७ फागुन, हेटाैडा । मकवानपुरगढी-३ मक्राञ्चुलीमा रहेकाे टावरडाँडा खानेपानी तथा सरसफाइ  उपभोक्ता समितिकाे अध्यक्षमा पुन शत्रुघन दुलाल चयन भएका छन । शनिवार सम्पन्न  भएकाे  दाेश्राे वार्षिक  साधारणसभाकाे बन्दसत्रले  दुलालकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ  कार्यसमिति चयन गरेकाे हाे ।

समितिकाे उपाध्यक्षमा  नेत्र प्रसाद चाैलागाई, सचिवमा शान्त प्रसाद दाहाल, काेषाध्यक्षमा सम्झना थिङ चयन भएका छन । समितिकाे सदस्यहरुमा  बलराम भट्टराई , शर्मिला अर्याल, रमाकुमारी तिमल्सिना , रामेश्वर घिमिरे र अनिल दाहाल चयन भएका छन । यसैगरि लेखा समिति संयाेजकमा शिवराम न्याैपाने र सदस्यहरुमा गाेविन्द देवकाेटा र सरिता चाैलागाई चयन भएका छन ।
नयाँ  कार्यसमितिको  निर्वाचन गराउन ईन्द्र प्रसाद चाैलागाईकाे संयाेजकत्वमा  कृष्णप्रसाद  हुमागाई र भीमसेन पाैडेल सदस्य रहेकाे ३ सदस्यीय  निर्वाचन  समिति गठन गरिएको  थियाे । बागमती  प्रदेश  खानेपानी  तथा सरसफाइ  उपभोक्ता समितिका अध्यक्ष  बद्री प्रसाद देवकोटाकाे  प्रमुख आतिथ्यता एवम समितिका अध्यक्ष  शत्रुघन दुलालकाे सभाध्यक्षतामा  साधारणसभा  सम्पन्न भएको हो। 
साधारणसभामा मकवानपुरगढी गाउँपालिका कार्यपालिका सदस्य दुर्गा बहादुर बराईली, ३ नम्बर वडा सदस्य प्रेम बहादुर थाेकर, खानेपानी  तथा सरसफाई उपभोक्ता  महासंघ, मकवानपुर  सचिव चन्द्र बहादुर याेन्जन, मनकामना दुग्ध  उत्पादक सहकारी  संस्था अध्यक्ष  अर्जुन प्रसाद दाहाल, कालीदेवी टाेल विकास संस्था अध्यक्ष  सूर्य पुडासैनी , सुशासन टाेल विकास संस्था अध्यक्ष  राम दाहाल, कालीदेवी मन्दिर  ब्यवस्थापन  समिति अध्यक्ष  निश्चल सापकाेटा लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । समितिमा २ सय ८० घरधुरी आवद्व रहेकाे ब्यवस्थापक हरिचन्द्र सापकोटाले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

मध्यम वर्षाको सम्भावना
water-1783221412.jpg

२१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

बजेटलाई प्रभावकारी कार्यान्वयनमा पृष्ठपोषण प्राप्त भएको छ: बानियाँ
Indra-Baniya-(1)-1783180140.jpg

२० असार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा बजेटबारे भएको गहन...

इजिप्ट विश्वकपको अन्तिम १६ मा
egypt-1783128245.jpg

२० असार, हेटौंडा । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित...

सात विश्वविद्यालयका नवनियुक्त उपकुलपतिद्वारा शपथ
1720950381_1628082149_Tri-1783128041.jpg

२० असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा...

अर्जेन्टिना अन्तिम १६ मा
messi_BGUL2umHkq-1783127137.jpg

२० असार, हेटौंडा । विश्वकपमा  अर्जेन्टिनाले केपभर्डेसँग ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको...

थप समाचार