Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दशौं राष्ट्रिय हेटौँडा भेट्रान्स कपमा बानेश्वर र बौद्धको बिजयी शुरूवात

Screenshot_20250306_21233-1741275523.jpg

२२ फागुन, हेटौंडा । बिहीबारबाट हेटौंडामा दशौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । खेलको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले गरेकी हुन् । 
उनले भेट्रान्स कपले फुटबल खेलको विकासमा ठुलो योगदान पुर्याउँदै आएको बताउँदै खेलाडीहरूको बिचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउँदै मकवानपुर जिल्लालाई खेल क्षेत्रबाट चिनाउन भूमिका खेलेकोमा हेटौंडा भेट्रान्सलाई धन्यवाद दिइन् ।
क्लबका उपाध्यक्ष नवराज बज्राचार्य अध्यक्षतामा भएको उद्घाटनमा शिक्षासेवी पूरनबहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा अध्यक्षहरू, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्षहरू बालकृष्ण चौलागाई, माधव तिमल्सिना, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
फागुन २६ गते सम्म हेटौडा ४ मा रहेको हुप्राचौर खेल मैदानमा हुने भएको प्रतियोगितामा १५ वटा समूहले भाग लिएको खेल संयोजक मणिराज गौतमले बताए ।  

बानेश्वर फ्रेण्डसीप बौद्धको विजयी शुरुवात
प्रतियोगितामा बानेश्वर फ्रेण्डसीप भेट्रान्स  र बौद्ध भेट्रान्सले विजयी शुरुवात गरेका छन् । बानेस्वर भेट्रान्सले बिरगंज सिटी भेट्रान्सलाई सुन्या विरुद्ध एक गोल गर्दै विजयी भएको थियो । बानेस्वरको तर्फबाट खेलको अन्तिम समयमा हरिहर थापाले गरेको एक मात्रै गोल निर्णायक बनेको थियो । खेलको म्यान अफ द म्याच थापा घोषित भएका थिए ।यस्तै आज भएको दोस्रो खेलमा बौद्ध भेट्रान्सले वीरगन्ज यूथलाई सुन्या विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । खेलमा बौद्धको तर्फबाट उमन मोक्तान र राजु कोइरालाले एकाएक गोल गरेका थिए । खेलमा कोइराला म्यान अफ द म्याच घोषित भएका थिए । यस्तै आजै भएको तेस्रो खेलमा एबिसि भेट्रान्स पोखर र भुटनदेवी भेट्रान्स बिच निर्धारित समयमा गोल रहित खेल भएकोले बराबरीमा टुङ्गिएको छ । समय अभावका कारण यी दुई समूहबिचको ट्राई ब्रेकर शुक्रवार बिहान १० बजे हुने आयोजकले जनाएको छ । 
प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको छ भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । विभिन्न पालिकाहरू, वडा कार्यालयहरू, सङ्घ संस्था तथा समाजसेवी, फुटबल खेल प्रेमीहरुको साथ सहयोग रहेको क्लबका अध्यक्ष रमेश उप्रेतीले बताए । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।  यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार