Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भेट्रान्स कप: फ्रिडम फाईटर, नागस्वती, बगरभाई र किङकम क्वाटर फाइनलमा

Screenshot_20250307_19423-1741355918.jpg

२३ फागुन, हेटौंडा । हेटौडामा जारी दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भएका छन् । 
हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा-४ स्थित हुप्राचौरमा जारी प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो खेलमा फ्रिडम फाइटर ठमेल विजयी भएको छ । फ्रिडमले चितवन भेट्रान्सलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको छ । खेलको दोस्रो हाफको ४२ औं मिनेटमा फ्रिडमका तर्फबाट राजकुमार केसीले एक गोल र ४९ औं मिनेटमा कृष्ण मालाकारले एक गोल गर्दै फ्रिडमलाई विजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच फ्रिडम फाइटर भेट्रान्सका खेलाडी राजकुमार केसी घोषित भएका थिए ।
दोस्रो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । नागस्वतीले सिमरा भेट्रान्सलाई ३-० गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । नागस्वतीको तर्फबाट खेलको छैठौं र १९ औँ मिनेटमा निमा लामाले दुई गोल गरेका थिए भने १० औं मिनेटमा प्रकाश राना मगरले एक गोल गर्दै टिमलाई विजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका खेलाडी निमा लामा घोषित भएका थिए ।
यस्तै, तेस्रो खेलमा बगर भाईखलक पोखरा विजयी भएको छ । खेलको दशौँ मिनेटमा बागरभाइको तर्फबाट राजकुमार तामाङले एक गोल गरेका थिए भने एनजेजे भिसी भेट्रान्सको तर्फबाट खेलको २९ औ मिनेटमा दिलकुमार कार्कीले एक गोल गरेका थिए । निर्धारित समयमा दुबै टिमबाट १/१ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा बगरभाईले ४-३ गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच बगर भाईखलकका खेलाडी हिमाल थापा घोषित भएका थिए ।
यस्तै आजको चौथो खेल किङकम भेट्रान्स काठमाडौँ र बुटवल भेट्रान्स बिच हुने तालिका रहे पनि प्राविधिक कारण बुटवल भेट्रान्स अनुपस्थित भएपछि किङकम भेट्रान्स विजयी भएको छ । 
प्रतियोगितामा शनिबार चार क्वाटर फाइनलका खेलहरू हुने प्रतियोगिताका संयोजक मणिराज गौतमले बताए । शनिवार पहिलो खेल दिउँसो १ बजे बानेश्वर भेट्रान्स र एबिसि भेट्रान्स बिच हुनेछ भने दोस्रो खेल बगर भाईखलक पोखरा र किङकम भेट्रान्स बिच दिउँसो २ बजे हुने तालिका रहेको छ । यस्तै तेस्रो क्वाटर फाइनल खेल फ्रिडम फाइटर र नागस्वती भेट्रान्स बिच दिउँसो ३ बजे हुने तालिका रहेको छ । यसै गरी चौथो खेल आयोजक हेटौंडा भेट्रान्स र बौद्ध भेट्रान्सबीच हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार