Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-६ कांग्रेसको क्रियाशील जागरण तथा वनभोज कार्यक्रम

Screenshot_20250308_19570-1741443269.jpg

२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-६ नम्बर  कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वक्ताहरूले नेपाली कांग्रेसप्रति जनताको आशा र भरोसा रहेको बताउँदै यसलाई कायम गर्दै जनताको हितमा निरन्तर काम गर्नुपर्ने बताएका थिए। उनीहरूले देशको हरेक परिवर्तनमा कांग्रेसले नेतृत्व लिएको बताउँदै विकासको नेतृत्व पनि कांग्रेसले नै गरिरहेको बताएका थिए । यस्तो भेला र जागरण अभियानलाई निरन्तरता दिंदै सबैलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा उनीहरूको जोड थियो । 
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, क्षेत्र नम्बर १ प्रदेश (ख) सभापति राजेश बानियाँ, नगरसभापति उत्सव इटेनी, हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा-६ का यसअघिका सभापतिहरू, पार्टीबाट जनप्रतिनिधि बनेका महानुभावहरूलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नेकपा एमाले परित्याग गरेका धनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेसमा स्वागत गरिएको थियो । 
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, पुर्व सभापति माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव ईश्वर पाठक, महासमिति सदस्य प्रभात दाहाल, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, प्रदेश समिति सदस्य जानकी लामा, क्षेत्र १ का संघीय सभापति दामोदर खनाल, क्षेत्र २ का सभापति लोकबहादुर मुक्तान हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौंडा-१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा-१७ का वडा अध्यक्ष उद्धव सत्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका र भातृसंगठनका जिल्ला, संघ, प्रदेश, नगर, वडाका विभिन्न तहका नेता कार्यकर्ताहरूको सहभागिता रहेको कार्यक्रम संयोजक राजकुमार बास्तोलाले जनाएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार