Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भेट्रान्स कप: बानेश्वर, फ्रिडम फाईटर र किङकम सेमिफाइनल प्रवेश

Screenshot_20250308_20023-1741443491.jpg

२४ फागुन, हेटौंडा । हेटौडामा जारी दशौं राष्ट्रिय हेटौडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिवार चार क्वाटर फाइनल खेल सम्पन्न भएका छन् । 
हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बानेश्वर भेट्रान्सले एबिसी भेट्रान्स पोखरालाई टाईब्रेकरमा पराजित गर्न सफल हुँदै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा ३-२ गोलले बानेश्वर भेट्रान्स विजयी भएको हो । खेलको म्यान अफ द म्याच बानेस्वर भेट्रान्सका खेलाडी राजनलाल नेपाली घोषित भएका थिए । 
यस्तै आजै भएको दोस्रो क्वाटरफाईलन खेलमा किङकम भेट्रान्स विजयी भएको छ । किङकम भेट्रान्सले बगर भाईखलक भेट्रान्सलाई ३-० गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलमा किङकम भेट्रान्सको तर्फबाट खेलको २० औं मिनेटमा सञ्जय रानाले एक गोल गरेका थिए भने खेलको ४१ र ४८ औं मिनेटमा सरोज थापाले दुई गोल गर्दै समूहलाई विजयी बनाएका थिए । खेलमा म्यान अफ द म्याच थापा घोषित भएका थिए ।
तेस्रो क्वाटर फाइनल खेलमा नागस्वती भेट्रान्सलाई २-० दुई शून्य गोलले पराजित गर्दै फ्रिडम फाइटर भेट्रान्स विजयी भएको छ । फ्रिडमको तर्फबाट खेलको १३ औं मिनेटमा कृष्ण मालाकारले एक गोल गरेका थिए भने ४१ औं मिनेटमा तेज बहादुर गलामीले एक गोल गर्दै समूहलाई सेमिफाइनल प्रवेश गराउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच फ्रिडम भेट्रान्सका तेज बहादुर गलामी घोषित भएका थिए । 
आजको चौथो क्वाटर फाइनल खेलमा बौद्ध भेट्रान्स र हेटौडा भेट्रान्स बराबरीमा टुङ्गिएको छ । निर्धारित समयमा दुवै समूहबाट १-१ गोल भएपछि खेल टाईब्रेकरमा पुगेको थियो । समय अभावका कारण यी दुई समूहबिचको टाएब्रेकर आइतबार बिहान साढे ८ बजे हुने प्रतियोगिता संयोजक मणिराज गौतमले बताए। 
आइतबार दिउँसो २ बजे बानेश्वर भेट्रान्स र फ्रिडम फाइटरबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल किङकम भेट्रान्स काठमाडौंले हेटौडा र बौद्ध भेट्रान्सबीचको विजयी टिमसँग खेल्ने छ ।

Screenshot_20250308_20021-1741443516.jpg
Screenshot_20250308_20015-1741443516.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार