Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा २८ एसईई परीक्षा केन्द्र, कैलाशमा पनि परीक्षा केन्द्र

IMG_20240320_154422-17109-1741615548.jpg

२६ फागुन, हेटौंडा। मकवानपुरमा यस बर्ष हुने एसइई परीक्षाका लागी परीक्षा केन्द्र निर्धारण गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले सोमबार परीक्षा केन्द्रको तालिका सार्वजनिक गरेको हो। 
यस वर्षबाट मकवानपुरका १० वटै  स्थानीय तहका  २८ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ। त्यसैगरी यस बर्ष मकवानपुरमा सामुदायिक तर्फ ११२  र संस्थागत तर्फ ३७ विद्यालय गरी कुल १४९ विद्यालय एसइई परीक्षामा सामेल हुने समन्वय ईकाई प्रमुख सुदिप गिरीले प्रष्ट खबरलाई बताएका छन्।
चैत ७गतेबाट सुरु हुने परीक्षाको तयारी पुरा भइसकेको जनाइएको छ।उत्तर पुस्तिका र प्रश्नपत्र प्रहरीको समन्वयमा परिक्षा केन्द्र पठाउने काम शुरू गरिसकिएको  गौतमले बताएका छन्। उनले १/२ दिनमा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्यक्रम रहेको बताएका छन्। उनले संघ र प्रदेशबाट प्राप्त हुने उत्तर पुस्तिका र प्रश्नपत्र प्राप्त भइसकेको उल्लेख गरेका छन्। 
यस बर्ष मकवानपुरमा बागमती गाउँपालिका अन्तर्गत जनता मा वि फापरबारी,बकैया गाउँपालिका अन्तर्गत बुद्ध मावि हात्तीसुडेँ र महेन्द्र मा वि छतिवन, जनकल्याण मा वि पालुङ, महेन्द्र मा वि भिमफेदी, मत्सनारायण मा वि पालुङ,सरस्वती बालबोधीनी मा वि मार्खु, बज्रबाराही मा वि, राष्ट्रिय रोटरी मा वि मनहरी सुनाचुरी, महेन्द्र किरण माध्यमिक विद्यालय ज्यामिरे मनहरी,महेन्द्र किरण माध्यमिक विद्यालय हेटौंडा-३ बसामाडी, निर्मल माध्यमिक विद्यालय बस्तिपुर,वंशगोपाल माध्यमिक विद्यालय चौघडा, आधुनिक माध्यमिक विद्यालय हेटौंडा-४,ज्ञन्दा मा वि हेटौंडा-१०,वाल ज्योती माध्यमिक विद्यालय हेटौंडा-५ पिप्ले, सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा-२, भुटनदेवी मा वि हेटौंडा-४, जि एस निकेतन हेटौंडा-५, सोलिड्यारिटी ईङलिश बोर्डिङ स्कुल हेटौंडा-१०, प्रगती मा वि हेटौंडा-९ ,जनप्रिय मा वि हेटौंडा-१६, अमर मा वि हेटौंडा-१, श्रमीक मावि हेटौंडा-४,चन्द्रोदय मा वि हेटौंडा-८ र प्रजा जागृति मा वि राक्सिराङ र कैलाश गाउँपालिका - ९ नामटारमा रहेको कालिका मावि गरी २८ परीक्षा  केन्द्र निर्धारण गरेको छ। गत वर्ष २६ परीक्षा केन्द्र रहेकोमा श्रमीक मा वि हेटौंडा-४ र कैलाश- ९ स्थित नामटारमा रहेको कालिका माविमा  नयाँ केन्द्र थप गरिएको हो। यो संगै यस वर्षबाट मकवानपुरको सबै (१० वटै) स्थानीय तहमा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको छ। श्रमीक मा विमा मकवानपुरका प्रविधिक धारमा पढाइ हुने विद्यालयको मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ।

FB_IMG_1741613528807-1741615650.jpg
FB_IMG_1741613530917-1741615650.jpg
FB_IMG_1741613532791-1741615685.jpg
FB_IMG_1741613534780-1741615685.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार