२८ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको वन व्यवस्थापन कार्य सम्पन्न भएको छ । मकवानपुरको प्रथम हस्तान्तरित वन समूहले आव ०८१/०८२ को वन व्यवस्थापन कार्य (थिनिङ) कार्य सम्पन्न भएको हो ।
मकवानपुर डिभिजन वन कार्यालयको वार्षिक स्विकृत कार्यक्रम अनुसार वन समूहको भाग वमोजिम १० हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको छ । यसका लागि वन कार्यालयबाट एक लाख रूपैयाँ बजेट प्रदान गरेको समूहका उपाध्यक्ष उमेश अधिकारीले बताए । वन समूहको ब्लक नम्बर ४ र ५ मा माघ ७ देखि फागुन २५ गतेसम्म गरिएको वन व्यवस्थापनबाट ९ हजार भारी दाउरा गरिएको छ । वन व्यवस्थापनका लागि ५३३ जना उपभोक्ताले कार्य गरेका छन् ।
हरेक बर्ष गरिने वन व्यवस्थान कार्यबाट स्वस्थकर उत्पादन, सुन्दर वन क्षेत्रको विकास, रोजगारी सिर्जना, वन्यजन्तुको वासस्थान संरक्षण, पानी मुहान संरक्षण, वन्यजन्तुका आगमन वृद्धि हुने समूहका अध्यक्ष लक्ष्मण कटुवालले बताए ।
वन व्यवस्थापन योजना हैसियत बिग्रिएका सामुदायिक वन समूहलाई तालिम दिई गर्नुपर्ने, वन थिनिङ गर्दा झाडी सफाई काटछाँट, वन डढेलो नियन्त्रमा सहयोग पुग्ने व्यवस्थापन उप-समिति संयोजकका रामेश्वर ढुङ्गाना बताए ।
मकवानपुरगढीको २ र ३ र हेटौंडा-६, १६, १७ मा फैलिएको वन समूहको ११ सय ९० उपभोक्ता रहेको समूहका कार्यालय सचिव केदार गौतमले जानकारी दिए ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















