२८फागुन,हेटौंडा।नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिकाे आयाेजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाका सभापति सञ्जीव श्रेष्ठकाे अध्यक्षता तथा बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा बुधबार भीमफेदी-६ धाेर्सिङमा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरसंवाद कार्यक्रम भएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र जिल्ला सभापति बुद्ध लामाकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आन्तरिक गुटउपगुटले पार्टी कमजोर हुँदैन, काे व्यक्ति काे तर्फ नजिक भन्ने विषय मात्रै हाे गुट उपगुट हाे । यसले पार्टीलाई कमजाेर नबनाउने बताएका छन् । पार्टीको आन्तरिक निर्वाचनलाई आत्मसात गरि आउने अस्तित्व स्वीकार्नु पर्ने बताउँदै अन्तरद्वन्दलाई अन्त्य गरिनुपर्ने बताए । पार्टीको आन्तरिक चुनावले पार्टीभित्र ठुलाे राेगकाे रुपमा अन्तरद्वन्द रहेकाले यसकाे अन्त्य गर्न वडातह देखि नै लाग्नुपर्ने देखिन्छ ।
सामाजिक सञ्जाललाइ सदुपयोग गराैं, काङ्ग्रेस नेतृत्वले गरेकाे कामलाई प्रचारप्रसार गरि जनता सामु लैजान वडा तहका नेतृत्वले ध्यान दिनु जरुरी रहेकाे सभापति बानियाँले बताए ।
नेता बानियाँले संघीयताले विकासकाे लहर लागेकाे छ।धेरै सडक सञ्जाल निर्माण हुनुका साथै शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी लगायत अन्य क्षेत्रमा
विकास तीव्र रुपमा भईरहेकाे बताए ।
कार्यक्रममा मन्त्री महर्जनले पार्टीभित्र रहेकाे वडातह देखि पालिका, क्षेत्र र जिल्ला सम्म रहेको अन्तरद्वन्दलाई समाधान गरिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामाले काङ्ग्रेस अभियान बाेकेर आफ्नो रफ्तारमा हिड्ने पार्टी रहेकाे बताए ।पार्टीभित्रकाे अन्तरद्वन्द चिर्न अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमले सहयोग पुग्ने बताए । जनताकाे काममा काङ्ग्रेस जहिले पनि अग्रसर रहेकाे बताउँदै वडा तहदेखि पालिका र प्रदेश तहमा नेतृत्व लिईदा जनताकाे कामलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले पार्टीभित्रकाे अधिवेशन र स्थानीय निर्वाचनमा टिकट चाहिने भनी अघि सर्ने साथी उपस्थित नहुदाँ ती साथीलाई आगामी दिनमा पार्टी नचाहिने हाेर ? भन्ने प्रश्न उठाउँदै पार्टीको हरेक क्रियाकलापमा सबै साथीहरूले सहभागीता जनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा क्षेत्र २ संघीय सभापति लाेकबहादुर मुक्तानले काङ्ग्रेसले गरेका कामहरुकाे प्रचार गर्नुस, अरु दलले गरेकाे भ्रमलाइ चिर्न वडा सभापतिहरु लाग्नुपर्ने बताए । पार्टीका साथीहरूले तीन तहको सरकार सङ्ग अन्तरसंवाद गरिनुपर्ने बताउँदै हामीले गरेका कामहरुलाइ सामाजिक सञ्जाल मार्फत प्रचार गरिनुपर्ने बताए । माननीयहरु भ्रम फैलाउँदै समाजमा हिडिरहेका छन् । संवैधानिक अधिकार अनुरुप आएका बजेटलाई आफुले ल्याएकाे प्रचारबाजी राजनीति गरिरहेकाेलाई वडा तहबाटै चिर्नुपर्छ, सभापति मुक्तानले आग्रह गरे ।
कार्यक्रममा जिल्ला पुर्व सभापति रघुरमण न्याैपाने, सहसचिव इन्दिरा न्याैपाने, क्षेत्र २ संघीय सभापति लाेकबहादुर मुक्तान, महासमिति सदस्य शान्ता विक, जिल्ला सदस्यहरु राजु खतिवडा, धिरेन लामा, भरत लामा, माेमलाल दाेङ्ग, तारा कार्की, बागमती प्रदेश सदस्य पुरुषाेत्तम ठकुरी र चम्फुरत्न लामा, काठमाडौं-मकवानपुर सम्पर्क समिति अध्यक्ष तेजप्रसाद घिमिरे, क्षेत्र १का संघीय सह-सचिव मुना कुमारी पाठक, महाधिवेशन प्रतिनिधि गाेरिमाया लामा लगायतको आतिथ्यता रहेकाे थियोे ।कार्यक्रममा ९ वटै वडाका सभापतिहरुले वडामा भइहेका गतिविधि र गुनासाहरु राखेका थिए ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)