Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस भीमफेदीकाे अगुवा कार्यकर्ता भेटघाट

Screenshot_20250312_18022-1741781963.jpg

२८फागुन,हेटौंडा।नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिकाे आयाेजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। 
गाउँपालिकाका सभापति सञ्जीव श्रेष्ठकाे अध्यक्षता तथा बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा बुधबार भीमफेदी-६ धाेर्सिङमा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरसंवाद कार्यक्रम भएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र जिल्ला सभापति बुद्ध लामाकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आन्तरिक गुटउपगुटले पार्टी कमजोर हुँदैन, काे व्यक्ति काे तर्फ नजिक भन्ने विषय मात्रै हाे गुट उपगुट हाे । यसले पार्टीलाई कमजाेर नबनाउने बताएका छन् । पार्टीको आन्तरिक निर्वाचनलाई आत्मसात गरि आउने अस्तित्व स्वीकार्नु पर्ने  बताउँदै अन्तरद्वन्दलाई अन्त्य गरिनुपर्ने बताए । पार्टीको आन्तरिक चुनावले पार्टीभित्र ठुलाे राेगकाे रुपमा अन्तरद्वन्द  रहेकाले यसकाे अन्त्य गर्न वडातह देखि नै लाग्नुपर्ने देखिन्छ । 
सामाजिक सञ्जाललाइ सदुपयोग गराैं, काङ्ग्रेस नेतृत्वले गरेकाे कामलाई प्रचारप्रसार गरि जनता सामु लैजान वडा तहका नेतृत्वले ध्यान दिनु जरुरी रहेकाे सभापति बानियाँले बताए । 
नेता बानियाँले संघीयताले विकासकाे लहर लागेकाे छ।धेरै सडक सञ्जाल निर्माण हुनुका साथै शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी लगायत अन्य क्षेत्रमा
विकास तीव्र रुपमा भईरहेकाे  बताए । 

कार्यक्रममा मन्त्री महर्जनले पार्टीभित्र रहेकाे वडातह देखि पालिका, क्षेत्र र जिल्ला सम्म रहेको अन्तरद्वन्दलाई समाधान गरिनुपर्ने बताए । 
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामाले काङ्ग्रेस अभियान बाेकेर आफ्नो रफ्तारमा हिड्ने पार्टी रहेकाे बताए ।पार्टीभित्रकाे अन्तरद्वन्द चिर्न अगुवा कार्यकर्ता  भेटघाट कार्यक्रमले सहयोग पुग्ने बताए । जनताकाे काममा काङ्ग्रेस जहिले पनि अग्रसर रहेकाे बताउँदै वडा तहदेखि पालिका र प्रदेश तहमा नेतृत्व लिईदा जनताकाे कामलाई प्राथमिकता दिनुपर्ने बताए । 
उनले पार्टीभित्रकाे अधिवेशन र स्थानीय निर्वाचनमा टिकट चाहिने भनी अघि सर्ने साथी उपस्थित नहुदाँ ती साथीलाई आगामी दिनमा पार्टी  नचाहिने हाेर ? भन्ने प्रश्न उठाउँदै पार्टीको हरेक क्रियाकलापमा सबै साथीहरूले सहभागीता जनाउन आग्रह गरेका थिए । 
कार्यक्रममा क्षेत्र २  संघीय सभापति लाेकबहादुर मुक्तानले काङ्ग्रेसले गरेका कामहरुकाे प्रचार गर्नुस, अरु दलले गरेकाे भ्रमलाइ चिर्न वडा सभापतिहरु लाग्नुपर्ने बताए । पार्टीका साथीहरूले तीन तहको सरकार सङ्ग अन्तरसंवाद गरिनुपर्ने बताउँदै हामीले गरेका कामहरुलाइ सामाजिक सञ्जाल मार्फत प्रचार गरिनुपर्ने बताए । माननीयहरु भ्रम फैलाउँदै समाजमा हिडिरहेका छन् । संवैधानिक   अधिकार अनुरुप आएका बजेटलाई आफुले ल्याएकाे प्रचारबाजी राजनीति गरिरहेकाेलाई वडा तहबाटै चिर्नुपर्छ, सभापति मुक्तानले आग्रह गरे । 
कार्यक्रममा जिल्ला  पुर्व सभापति रघुरमण न्याैपाने, सहसचिव इन्दिरा न्याैपाने, क्षेत्र २ संघीय सभापति लाेकबहादुर मुक्तान,  महासमिति सदस्य शान्ता विक, जिल्ला सदस्यहरु राजु खतिवडा, धिरेन लामा, भरत लामा, माेमलाल दाेङ्ग, तारा कार्की,  बागमती  प्रदेश  सदस्य पुरुषाेत्तम ठकुरी र चम्फुरत्न लामा, काठमाडौं-मकवानपुर सम्पर्क समिति अध्यक्ष तेजप्रसाद घिमिरे, क्षेत्र १का संघीय सह-सचिव मुना कुमारी पाठक, महाधिवेशन प्रतिनिधि गाेरिमाया लामा लगायतको आतिथ्यता रहेकाे थियोे ।कार्यक्रममा ९ वटै वडाका सभापतिहरुले वडामा भइहेका गतिविधि र गुनासाहरु राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार