Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिद्धार्थ माविको अभिभावक भेला, मन्त्री खड्काले गरे उदघाटन

Screenshot_20250329_09120-1743218882.jpg

१६ चैत, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माविको ४६ औ अभिभावक भेला सम्पन्न भएको छ। शुक्रबार सम्पन्न भेलाको  बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री खड्काले अबको शिक्षा व्यवहारिक, रोजगारमूलक र प्रविधिमैत्री हुनुपर्ने बताएका छन् । 
औपचारिक शिक्षा हासिल गरिसकेपछि विद्यार्थीहरुले तत्काल रोजगार नपाउने र विदेशिनुपर्ने बाध्यात्मक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री खड्काले अब दिइने शिक्षा व्यवहारमा लागू हुने, रोजगारमूलक र प्रविधियुक्त हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, हेटौंडा २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, विव्यसका पूर्व अध्यक्षद्वय गुणराज घिमिरे, मधु बजगाई, सिद्धार्थ ल क्याम्पस प्रमुख मोहन शर्मा, विद्यालय सदस्य लक्ष्मी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मेडल विजेता विद्यार्थीलाई सम्मान गरेका थिए। भेलाले विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व समेत चयन गर्नेछ। समिति चयनका लागि ३० जनाको मनोनयन परेको समिति चयन समितिका सदस्य विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले बताएका छन् ।

Screenshot_20250329_09133-1743218934.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार