Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु जरुरी : सभामुख श्रेष्ठ

Sanu-Shrestha-1519399287.JPG

११ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालमा राजनैतिक आन्दोलन सकिएकाले अब आर्थिक समृद्धितर्फ लैजान आवश्यक रहेको बताएका छन् । 
नेपाल अडिटर्स एशोसियसन केन्द्रिय कार्यसमितिको चौथो राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहनुभएका सभापति श्रेष्ठले यस्तो बताएका हुन् । देश संघीय संरचनामा प्रवेश गरेसंगै प्रदेशमा आ–आफ्नो ऐन कानुन बन्ने भन्दै श्रेष्ठले सबैले आ–आफ्नो माग समयमा नै राख्न आवश्यक रहेको बताए । नेपाल अडिटर्स एशोसियसन केन्द्रिय अध्यक्ष मोहनराज रेग्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेल, जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल, एशोसियसनका संस्थापक अध्यक्ष कमल खरेल, एशोसियसनका जिल्ला अध्यक्ष प्रकाश ढकाल लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा अडान जर्नलको छैठौ अंक बिमोचन समेत गरिएको थियो । यसअघि भएको प्रभातफेरीले नेपाली सेनाको न्याउली बाजासंगै हेटौडा बजारको बुद्वचोक, सिमाचोक, स्कुलरोड हुदै पूनः कार्यक्रमस्थलमा पुगेको थियो । शुक्रबार शुरु भएको राष्ट्रिय परिषद् शनिबार हेटौँडा घोषणा पत्र जारी गर्दै सम्पन्न हुने चौथो राष्ट्रिय परिषद व्यवस्थापन मकवानपुरका संयोजक राजेन्द्र ढुंगानाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार