Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कैलाश-६ मा लुटिएको प्रहरीको पेस्तोल १ नम्बर वडामा भेटियो (अपडेट)

images(7)-1743484101.jpg

File photo

१९ चैत, हेटौंडा ।मकवानपुरमा कैलाशमा लुटिएको गोली लोड भएको नेपाल प्रहरीको पेस्तोल फेला परेको छ ।

सोमबार मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले लुटेर लगेको प्रहरीको पेस्तोल कैलाश गाउँपालिका वडा नम्बर–१ बोल्ने लेक भन्ने जंगलमा गोली सहित फेला पारेको घटनास्थलमै रहेका मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। लागुऔषध कारोबारीको अप्रेशनमा गएका ईलाका प्रहरी कार्यालय पालुङका हवल्दार अर्जुन तामाङले बोकेको ७ राउण्ड गोली लोड भएको टाइप-५४ पेस्तोल  लागूऔषध कारोबारीले लुटेर भागेका  थिए ।

अप्रेशनमा हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मग्रातीको संयुक्त घटनास्थल पुगेका थियो।  पेस्तोल र यसको लुटेराहरुको खोजीका लागि गएराती देखिनै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको नेतृत्वमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईं, इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटा र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबावु अर्यालको टोली लागी परेको थियो।

हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएका थिए । सोमबार मध्यान्ह प्रहरीलाई देखेर २ केजी अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए ।अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहले घेरा हालेर प्रहरीलाई कुटपिट समेत गरेर पेस्तोल लुटेर भागेका थिए । यद्यपी कारोबारीलाई भने पक्राउ गर्न नसकेको जनाइएको छ । स्थानीयको कुटपिटबाट घाइते  २ प्रहरीको काठमाडौंमा उपचार भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार