Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

भूवनचुली घटना: मकवानपुर प्रहरीद्वारा ७ जना सार्वजनिक

IMG-20250403-WA0001-1743691134.jpg

हत्या संलग्नमा पक्राउ परेकाहरु

२१ चैत, हेटौंडा। बुधबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती ८ भूवनचुलीमा घटनामा संलग्न ७ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ।
बुधबार बिहान  बागमती गाउँपालिका-८ भुवनचुली देउडीभञ्ज्याङस्थित धरान-चतरा सडकको नालीमा हेटौंडा १६ का ३८ वर्षीय मिलन दंगाल मृत भेटिएका थिए।  घटनास्थलमा मृत अवस्थामा फेला पारेका दंगालको शव रगतले लतपतिएको, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेपछि घटना शंकास्पद देखिएपछि मकवानपुर प्रहरीले घटनालाई अनुसन्धानको दायरामा ल्याउन ७ जनालाई पक्राउ गरेको थियो। 

पक्राउ पर्नेमा बकैया गाउँपालिका-३ का ३६ वर्षीय प्रशान्त लामा, ललितपुरको गोदावरी नगरपालिका-१२ का २४ वर्षीय किसन दानी, हेटौंडा १५ की  १९ वर्षीया सुस्मिता तामाङ, बारा निजगढ ३की १९ वर्षीया इनिसा तिमल्सिना, सिन्धुलीको मरिण गाउँपालिका-७ का २० वर्षीया शर्मिला मोक्तान तथा १९ वर्षीया रोजिना मोक्तान र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ का २८ वर्षीय सुजन पौडेल रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
उनीहरूविरूद्ध अदालतबाट ज्यानसम्बन्धी मुद्दामा सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
यता घटनास्थल पुगेका परिवार र आफन्तले घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने भन्दै धरान चतरा सडकखण्ड अवरुद्ध गरेका थिए । मकवानपुर प्रहरी प्रवक्ता अर्यालले घटनालाई मसिनो तरिकाले अनुसन्धान गरिएको, अन्य संलग्न छन कि छैनन् बारे अनुसन्धान भइरहेको र हत्याको कारण छिट्टै बाहिर आउने बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

डेढ करोड रूपैयाँ बराबरको सुनसहित एक पक्राउ
arrested-1779154256.jpg

५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको पार्टी सदस्यता
Bidhya-bhandari-1024x487-1779153119.jpg

५ जेठ, हेटौंडा । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ। भक्तपुरको...

सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी
Screenshot_20260518_07103-1779152849.jpg

५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

दुर्गा प्रसाईं पक्राउ
1743067519_Durga-prasain-1779151327.jpg

५ जेठ, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिरगञ्जस्थित दियालो होटलबाट...

केही स्थानहरूमा वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779150785.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र...

नेपालसंग स्कटल्यान्ड पराजित
lalit-kushal-bhurtel-1779106096.jpg

४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्डले...

श्रम संस्कृतिबाट संसदमा प्रधानमन्त्रीको विरोध
Parliament_Meet-12-1024x6-1779091676.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ । आजको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg