हत्या संलग्नमा पक्राउ परेकाहरु
२१ चैत, हेटौंडा। बुधबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती ८ भूवनचुलीमा घटनामा संलग्न ७ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ।
बुधबार बिहान बागमती गाउँपालिका-८ भुवनचुली देउडीभञ्ज्याङस्थित धरान-चतरा सडकको नालीमा हेटौंडा १६ का ३८ वर्षीय मिलन दंगाल मृत भेटिएका थिए। घटनास्थलमा मृत अवस्थामा फेला पारेका दंगालको शव रगतले लतपतिएको, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेपछि घटना शंकास्पद देखिएपछि मकवानपुर प्रहरीले घटनालाई अनुसन्धानको दायरामा ल्याउन ७ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा बकैया गाउँपालिका-३ का ३६ वर्षीय प्रशान्त लामा, ललितपुरको गोदावरी नगरपालिका-१२ का २४ वर्षीय किसन दानी, हेटौंडा १५ की १९ वर्षीया सुस्मिता तामाङ, बारा निजगढ ३की १९ वर्षीया इनिसा तिमल्सिना, सिन्धुलीको मरिण गाउँपालिका-७ का २० वर्षीया शर्मिला मोक्तान तथा १९ वर्षीया रोजिना मोक्तान र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ का २८ वर्षीय सुजन पौडेल रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
उनीहरूविरूद्ध अदालतबाट ज्यानसम्बन्धी मुद्दामा सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
यता घटनास्थल पुगेका परिवार र आफन्तले घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने भन्दै धरान चतरा सडकखण्ड अवरुद्ध गरेका थिए । मकवानपुर प्रहरी प्रवक्ता अर्यालले घटनालाई मसिनो तरिकाले अनुसन्धान गरिएको, अन्य संलग्न छन कि छैनन् बारे अनुसन्धान भइरहेको र हत्याको कारण छिट्टै बाहिर आउने बताएका छन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







