२१ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले बिहिबार वन डढेलो सचेतना कार्यक्रम गरेको छ ।
डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीको प्रमुख आतिथ्यता एवं वन समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि चन्द्रवंशी, मकवानपुरगढी-२ का वडा अध्यक्ष बखानसिं पाख्रिन, हेटौंडा-१७ का वडा सदस्य नवराज न्यौपाने लगायतले वन डढेलो लाग्न नदिन र लागेपछि नियन्त्रणमा सबैको महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले वन डढेलोले वनपैदावार, वन्यजन्तु र पर्यावरण सबैलाई नकारात्मक असर पर्ने र यसको असर मानव जीवनमा समेत पर्ने भएकोले वन समूहका उपभोक्ता कम्तिमा अबको सुख्खायामभरी चनाखो हुनुपर्ने बताएका थिए ।
सचेतनासंगै जनप्रतिनिधि, वन समूहका कार्यसमिति, उपभोक्ता, जिल्ला वन कार्यालय, सव-डिभिजन कार्यालय हर्नामाडि, प्रहरी चौकी चौघडासहितको सहभागितामा शिखरकटेरीदेखि सालक पार्कसम्मको कान्तिलोकपथ र मकवानपुरगढी-३ को भालुङटारसम्म सडक किनारामा रहेको पत्कर जम्मा गरेर नियन्त्रित आगो लगाइएको वन समूहका उपाध्यक्ष उमेश अधिकारीले जानकारी दिए । सडक छेउमा हिड्नेहरूको असावधानीका कारण आगलागीको जोखिम रहने र जंगलमा डढेलो लाग्दा सडकसम्म आएर जनधनको क्षति हुनसक्ने भएकाले नियन्त्रित आगो लगाएको जनाइएको छ । सुख्यायामभरी वन डढेलो लाग्न नदिन र लागेमा नियन्त्रण गर्न समूहले पूर्व तयारी गरि उपभोक्ता परिचालन गरेको कार्यालय सचिव केदार गौतमले जानकारी दिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







