Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला वन समूहमा वन डढेलो सचेतना कार्यक्रम

IMG_20250403_083034-1743691194.jpg

२१ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले बिहिबार वन डढेलो सचेतना कार्यक्रम गरेको छ ।
डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीको प्रमुख आतिथ्यता एवं वन समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि चन्द्रवंशी, मकवानपुरगढी-२ का वडा अध्यक्ष बखानसिं पाख्रिन, हेटौंडा-१७ का वडा सदस्य नवराज न्यौपाने लगायतले वन डढेलो लाग्न नदिन र लागेपछि नियन्त्रणमा सबैको महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले वन डढेलोले वनपैदावार, वन्यजन्तु र पर्यावरण सबैलाई नकारात्मक असर पर्ने र यसको असर मानव जीवनमा समेत पर्ने भएकोले वन समूहका उपभोक्ता कम्तिमा अबको सुख्खायामभरी चनाखो हुनुपर्ने बताएका थिए ।
सचेतनासंगै जनप्रतिनिधि, वन समूहका कार्यसमिति, उपभोक्ता, जिल्ला वन कार्यालय, सव-डिभिजन कार्यालय हर्नामाडि, प्रहरी चौकी चौघडासहितको सहभागितामा शिखरकटेरीदेखि सालक पार्कसम्मको कान्तिलोकपथ र मकवानपुरगढी-३ को भालुङटारसम्म सडक किनारामा रहेको पत्कर जम्मा गरेर नियन्त्रित आगो लगाइएको वन समूहका उपाध्यक्ष उमेश अधिकारीले जानकारी दिए । सडक छेउमा हिड्नेहरूको असावधानीका कारण आगलागीको जोखिम रहने र जंगलमा डढेलो लाग्दा सडकसम्म आएर जनधनको क्षति हुनसक्ने भएकाले नियन्त्रित आगो लगाएको जनाइएको छ । सुख्यायामभरी वन डढेलो लाग्न नदिन र लागेमा नियन्त्रण गर्न समूहले पूर्व तयारी गरि उपभोक्ता परिचालन गरेको कार्यालय सचिव केदार गौतमले जानकारी दिए ।

IMG_20250403_081130-1743691229.jpg
IMG_20250403_081021-1743691298.jpg
IMG_20250403_080907-1743691343.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार