२२ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयन र सीप परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा उक्त छलफल भएको हो ।
सीप जानेका तर प्रमाणपत्र नलिएका दक्ष जनशक्तिहरुको पहिचान र उनीहरुको सीपलाई बजारीकरणको लागि कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाका प्रदेश प्रबन्धक सुकबहादुर चौधरीले सीप परीक्षण तथा प्रमाणीकरणमा र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा प्राविधिक शिक्षा, तालिम दिने संस्था र कार्यक्रमको वर्तमान अवस्थाबारे समेत जानकारी दिएका थिए । नेपालमा वार्षिक एक लाख १४ हजार दक्ष जनशक्ति उत्पादन हुने गरेको बताउँदै गाउँपालिका भित्र रहेका सीपमूलक काम गरिरहेका जनशक्तिको सीप परीक्षणको प्रक्रिया र तालिमका साथै श्रम बजारबारे बताएका थिए ।
अहिले हामीले वार्षिक तीन पटक सीप परीक्षण गर्दछौं, चौधरीले भने । हाल सम्म सरदर साढे सात लाखले आवेदन दिए पनि सात लाखको सहभागिता हुने गरेको छ जसमा पाँच लाखले प्रमाणपत्र प्राप्त रहेको उनले बताए । 'प्रमाणपत्र प्राप्त गर्ने मध्ये ४६.८७ प्रतिशत महिलाहरु रहेका छन्', उनले भने ।
उनले सीप परीक्षणमा चुनौति समेत रहेको बताए । जनशक्तिलाई कसरी प्रमाणित गर्ने ? प्राविविधक शिक्षा कसरी परिणाममुखी बनाउने ? यूवाको योग्यतालाई कसरी सीपलाई जोड्ने भन्ने विषय रहेको बताए । प्राविधिक शिक्षा र साधारण शिक्षा बीचको तालमेल मिलेको छैन, सीप छ तर प्रमाणपत्र छैन त्यसैले पनि समस्या रहेको चौधरीले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाभित्र रहेका सीप जानेका तर प्रमाणपत्र नलिएका जनशक्तिलाई सीप परीक्षणमा सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिनुका साथै रोजगार सिर्जना हुनाले सीपलाई परीक्षण गरिनुपर्नेमा उनको जोड रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत ईन्द्रप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव, शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







