Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शान्तिटाेलकाे सप्ताहको आय तथा व्यय सार्वजनिक, १७ लाख बचत

Screenshot_20250412_15495-1744452399.jpg

आय तथा व्यय सार्वजनिक गरिदै

३० चैत हेटाैडा । हेटाैडा ६ शान्तिटाेल विकास संस्थाले  फागुन ७ गतेदेखि  १५ गतेसम्म आयोजना गरेको श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञको आम्दानी सार्वजनिक गरिएको छ।
शनिबार बिहान एक समारोहका बीच महायज्ञको आय तथा व्यय सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको विवरणमा टोल विकासले महायज्ञबाट १७ लाख ४४ हजार बचत गरेको छ। 
सप्ताहकाे आयब्यय विवरण  शनिवार संस्थाकाे कार्यालय  शान्तिटाेलमा पत्रकार सम्मेलनकाे आयाेजना गरि सार्वजनिक  गरिएको  हाे । सप्ताहमा  विभित्र  दाताहरुबाट २७ लाख ११ हजार,  ४२५ कलश विक्रीबाट १ लाख २१ हजार ८ सय ,  धान बिक्रीबाट  ७४ हजार ४ सय,  घण्टी दानबाट ३६ हजार १ सय , ब्रम्हाण भाेजनबाट २७ हजार ७७५, दानपेटीकाबाट ३० हजार २५०, चामल विक्रीबाट ७ हजार ५ सय र अन्य आम्दानी १७ हजार ६४६ गरि कुल ३० लाख  २६ हजार ८९६ आम्दानी भएकाे छ ।
यसैगरी  ब्रम्हाण दानमा  १ लाख ४० हजार, कलाकार  पारिश्रमिकमा  १ लाख २७ हजार, छपाईमा २ लाख ३३ हजार, साउण्ड सिष्टममा ९५ हजार, रामनामी खरिदमा ८० हजार,  कलश खरिदमा ९६ हजार, टेण्ट भाडामा १ लाख ४७ हजार खर्च भएकाे छ ।
यसैगरी  रुद्राक्ष  माला खरिदमा ४० हजार, पूजा सामान खरिदमा ३१ हजार, सामान खरिदमा ३९ हजार, कपडा खरिदमा ३६ हजार, बाजामा २३ हजार, भजनटाेलीमा १५ हजार, सरसफाइमा १५ हजार, प्रचार प्रसारमा २० हजार र विविधमा  १ लाख ४७ हजार ४८० खर्च भएकाे  काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले बताएका छन् ।
बाँकी रहेकाे रकमले हेटाैडा ६ मा रहेकाे विपी गणेशमान  स्मृति शान्तिपार्कमा ज्येष्ठ  नागरिक भवन र राधाकृष्ण  मन्दिर  निर्माण  गरिने संस्थाले जनाएकाे छ । 
शान्तिटाेल टाेल विकास संस्थाका अध्यक्ष  केशव धितालकाे अध्यक्षतामा भएकाे पत्रकार  सम्मेलनमा भूमि आयाेग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद  चाैलागाई, नेकपा  एमाले हेटाैडा ६ का अध्यक्ष  विश्वराज राई, ज्येष्ठ  नागरिक  मञ्च हेटाैडा ६ का अध्यक्ष  बासुदेव सापकोटा , मुनलाईट ईन्टरनेशनल स्कूलका प्रवन्ध निर्देशक भरत सापकाेटा, स्थानीय, पत्रकार  लगायतकाे सहभागिता रहेकाे थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार