आय तथा व्यय सार्वजनिक गरिदै
३० चैत हेटाैडा । हेटाैडा ६ शान्तिटाेल विकास संस्थाले फागुन ७ गतेदेखि १५ गतेसम्म आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी सार्वजनिक गरिएको छ।
शनिबार बिहान एक समारोहका बीच महायज्ञको आय तथा व्यय सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको विवरणमा टोल विकासले महायज्ञबाट १७ लाख ४४ हजार बचत गरेको छ।
सप्ताहकाे आयब्यय विवरण शनिवार संस्थाकाे कार्यालय शान्तिटाेलमा पत्रकार सम्मेलनकाे आयाेजना गरि सार्वजनिक गरिएको हाे । सप्ताहमा विभित्र दाताहरुबाट २७ लाख ११ हजार, ४२५ कलश विक्रीबाट १ लाख २१ हजार ८ सय , धान बिक्रीबाट ७४ हजार ४ सय, घण्टी दानबाट ३६ हजार १ सय , ब्रम्हाण भाेजनबाट २७ हजार ७७५, दानपेटीकाबाट ३० हजार २५०, चामल विक्रीबाट ७ हजार ५ सय र अन्य आम्दानी १७ हजार ६४६ गरि कुल ३० लाख २६ हजार ८९६ आम्दानी भएकाे छ ।
यसैगरी ब्रम्हाण दानमा १ लाख ४० हजार, कलाकार पारिश्रमिकमा १ लाख २७ हजार, छपाईमा २ लाख ३३ हजार, साउण्ड सिष्टममा ९५ हजार, रामनामी खरिदमा ८० हजार, कलश खरिदमा ९६ हजार, टेण्ट भाडामा १ लाख ४७ हजार खर्च भएकाे छ ।
यसैगरी रुद्राक्ष माला खरिदमा ४० हजार, पूजा सामान खरिदमा ३१ हजार, सामान खरिदमा ३९ हजार, कपडा खरिदमा ३६ हजार, बाजामा २३ हजार, भजनटाेलीमा १५ हजार, सरसफाइमा १५ हजार, प्रचार प्रसारमा २० हजार र विविधमा १ लाख ४७ हजार ४८० खर्च भएकाे काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले बताएका छन् ।
बाँकी रहेकाे रकमले हेटाैडा ६ मा रहेकाे विपी गणेशमान स्मृति शान्तिपार्कमा ज्येष्ठ नागरिक भवन र राधाकृष्ण मन्दिर निर्माण गरिने संस्थाले जनाएकाे छ ।
शान्तिटाेल टाेल विकास संस्थाका अध्यक्ष केशव धितालकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा भूमि आयाेग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चाैलागाई, नेकपा एमाले हेटाैडा ६ का अध्यक्ष विश्वराज राई, ज्येष्ठ नागरिक मञ्च हेटाैडा ६ का अध्यक्ष बासुदेव सापकोटा , मुनलाईट ईन्टरनेशनल स्कूलका प्रवन्ध निर्देशक भरत सापकाेटा, स्थानीय, पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







