उपाधी उचाल्दै त्रिभुवन आर्मीका खेलाडिहरु ।
१२ फागुन, हेटौँडा । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा भएको टुवोर्ग हेटौँडा गोल्ड कपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
वन विज्ञान अध्ययन संस्थानमा भएको दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवबीच भएको उपाधी भिडन्तमा नेपाल पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी कब्जा गरेको हो । प्रतियोगिताको खेल अबधीभर दुबै टिमले गोलरहित बराबरी खेलेपछि नतिजाको लागि टाईब्रेकरको साहारा लिईएको थियो । टाईब्रकेरमा आर्मीको तर्फबाट गोलरक्षक विकेश कुथु, सन्तोष तामाङ, दिप लामा र बिवश बस्नेतले गोल गरे भने नवयुगको प्रहार पोलमा लागेर फर्किएको थियो । पुलिसका लागि सुमन लामा, अजित राजभण्डारी र दिनेश राजबंशीले गोल गरेपनि तेज तामाङको प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले रोकेका थिए भने बुद्ध लामाको प्रहार बाहिरिएको थियो ।
विजेता आर्मीले नगद ५ लाख, सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता पुलिसले नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै आर्मीका विमल पाण्डेले नगद ५० हजार रुपैँया प्राप्त गरे । त्यस्तै, उत्कृष्ट फवार्ड पुलिसका अभिषेक रिजाल, मिड फिल्डर पुलिसका तेज तामाङ, गोल रक्षक आर्मीका विकेश कुथु, डिफेन्स पुलिसका दिनेश राजबंशी, प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित हुँदै जनही १५ हजार रुपैँया प्राप्त गर्न सफल भए । प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको थियो ।
आर्मीको हेटौँडा गोल्डकपको यो दोस्रो उपाधी हो भने यस बर्षको छैठौं उपाधी हो ।
खेलाडिहरुसंग परिचय गर्दै प्रमुख अतिथि पूर्वगृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ ।
बल खोस्न संघर्ष गर्दै आर्मी र पुलिसका खेलाडि ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







