२ बैशाख, हेटौंडा । नेपालले काठमाडौँमा जारी यु-१९ एसिया कप क्रिकेटमा लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा युएइलाई डिएल म्याथोडमा ५ रनले हराएको नेपालले सोमबार भएको दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्यो।
प्रतियोगितामा लगातार दोस्रो हार भोग्ने क्रममा ओमानले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। पहिले ब्याटिङ गर्दै ओमानले दिएको १ सय १८ रनको चुनौती नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेपालका ओपनरहरू साहिल पटेल र निरजकुमार यादवले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै घरेलु टोलीलाई उत्कृष्ट शुरुवात दिलाएका थिए। निरजले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाएर आउट हुँदा अर्का ओपनर साहिल ४४ रनमा पेभिलियन फर्किएका थिए। कप्तान नरेन भट्ट १२ रनमा अविजित रहे।
माथिल्लो मुलपानी मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको ओमान ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटिएको थियो।
ओमानका लागि ब्रजेश शाहबाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। उनले अर्धशतक प्रहार गरे। ७८ बल खेल्दै शाहले ६ चौकाको मद्दतले ५२ रन जोडे। सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाएका थिए।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि युवराज खत्रीले ७ ओभर बलिङ गर्दै २ मेडन सहित १५ रन खर्चिएर महत्वपूर्ण ५ विकेट हात पारे। त्यस्तै, सन्तोष यादवले २ विकेट लिएका थिए।
नेपाल लगातार दोस्रो जित सँगै ४ अंक बनाउन सफल भएको छ। अब बुधबार नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्ने छ ।
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...
२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...
२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको...
२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा...
२१ कार्तिक, हेटौंडा । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको...
२१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, कर्णाली...
२० कार्तिक, हेटौंडा । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर...
७ कार्तिक, हेटौंडा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक...
९ कार्तिक, हेटौंडा। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भएको छ।गृह मन्त्रालयले आइतबार...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१० कार्तिक, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ नयाँ बस्ती लच्कामा ग्यास बुलेटको...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१० कार्तिक, हेटौंडा । हेटौंडामा पनि छठ पर्व उल्लासका साथ मनाइएको छ । छठ ब्रतालुहरू अर्घ लिएर हेटौंडाको राप्ती...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर...














-1761633654.jpg)


