४ बैशाख, हेटौंडा । बिहीबार बिहानदेखि हेटौंडा उपमहानगरपालिकालाई एयर कन्डिसनर (एसी) र इन्भटर माग गरिएको र मेयर मेयर मिना कुमारी लामाको तोक आदेश भएको पत्रले यति बेला सामाजिक संजाल तातेको छ।
मेयर लामाले तोक आदेश गरी नगरपालिकाको ढड्डामा दर्ता भएको हेटौंडा–४ शितलमहल चोकस्थित एक शैलुनलाई एयर कण्डिसनर (एसी) र इन्भर्टरका लागि लगत अनुमान तयार गर्न भनि उल्लेख गरिएको तोकादेशसहितको उक्त पत्र भाइरल भएको हो। नगरपालिकाको ढड्डामा बैशाख ३ गतेको मितिमा १८३६३ मा दर्ता कायम भएको उक्त पत्रले यति बेला सामाजिक संजाल तताएको छ।
त्यो पत्रमा उल्लेख गरिएको शैलुन त्यही हो जुन केही दिन अघि मेयर लामाले आफ्नो हातले उदघाटन गरेकि थिइन्।
उदघाटनका समयमा शैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने प्रतिबद्धता गरेकी उनले एकपटकमा तोक आदेश गरि उक्त सामग्री दिने प्रकृया अगाडि बढाएकि हुन्। सोहीअनुसार सुसन घलान संचालक रहेको ‘द नाइनटिन शैलुन’ले उपमहानगरपालिकालाई बैशाख ३ मा लिखित निवेदन गरेका थिए भने सोही दिननै तोक आदेश भएर प्रकृया अगाडि बढेको हो। मेयर लामाको तोकादेशसहितको सो निवेदन आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनासमक्ष पेश गर्छन्।
महाशाखा प्रमुख तिमल्सिनाले पनि तोकसहित उपमहानगरपालिकाका मर्मत संभार इकाइमा कार्यरत मेकानिक्स (सहायक चौथो) पुरुषोत्तम कुमार अधिकारीलाई आदेश गर्छन्। महाशाखा प्रमुख तिमल्सिनाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनी बैशाख ३ गते नै आदेश गर्छन्। सो पछिका प्रक्रिया भने उपमहानगरपालिकाले अघि बढाउने गरी सहायक चौथो अधिकारीलाई पत्र पठाएको थियो।महाशाखा प्रमुख तिमिल्सिनाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनी वैशाख ३ गते नै आदेश गर्छन्।सो पछिका प्रक्रिया भने उपमहानगरपालिकाले अघि बढाउने गरी सहायक चौथो अधिकारीलाई पत्र पठाएको थियो।
यस विषयमा बुझ्न उपमहानगरपालिकाको कार्यालय पुग्दा मेयर लामा र प्रमुख प्रशासकीय अधिकृत भरत गौतमसंगसँग भेट हुन सकेन्।यता उपमहानगरकाका प्रवक्ता सविन न्यौपानेले तोक मात्र लागेको हो माग भएको सामग्री दिइनसकेको बताएका छन्।न्यौपानेले युवाहरूको समूहले खेलको व्यवसायमा पढ्दै कमाउदै अभियानलाई सहयोग पुगेस भन्ने उद्देश्यले मेयर लामाले सहयोगको प्रतिवद्धता गरेको जिकिर गरे। उनले मेयरको व्यवसाय प्रवर्द्धनको लागि सहयोग गर्ने अधिकार रहेकाले यसो गरिएको हो, यो ठूलो इश्यू नभएकोले प्रचारवाजी गर्न आवश्यक नगरेको बताएका छन्। तोक आदेशको पत्र संचालक घलानले आफै टिकटक मार्फत सार्वजनिक गरेका थिए।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















