Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभामा प्रयोग गरे पाण्डेले अमर्यादित शब्द

Rajendra-Pandey-1519571240.jpg

File Photo

१३ फागुन, हेटौँडा । आइतबार बसेको ३ नम्बर प्रदेश सभाको पाँचौ बैठकमा नेकपा एमालेका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले अमर्यादित भाषाको प्रयोग गरेका छन् । सभामा उपस्थित प्रदेशसभा सदस्यहरुलाई ‘शिक्षक’ शैलीमा मर्यादाको पाठ पढाएका पाण्डे आफैले भने अमर्यादित भाषा प्रयोग गरेका हुन् । 
३ नम्बर प्रदेश सभा बैठकमा ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पेश गर्दै पाण्डेले प्रदेश सभा सदस्यहरुलाई लामै पाठ पढाउन भ्याए । उनले आफु २०४८ सालदेखि संसदभित्र रहेको पृष्ठभुमि सुनाउँदै आप्mनो धारणा राखेका पाण्डेले कसरी बोल्ने, सम्बोधन कसरी गर्ने लगायतका फेहरिस्त प्रदेशसभा सदस्यहरुलाई सिकाउन भ्याए । उनले संसदीय अभ्यानसमा कतिपय पुराना र कतिपय नयाँ रहेको भन्दै व्यापार व्यवसाय लगायतका क्षेत्रमा निपूर्ण भएपनि संसदीय मर्यादा सिक्न सुझाव दिए । 
उनले आफु नेतृत्वको समितिले तयार पारेको नियमावलीको मस्यौदा देखाउँदै नजान्ने प्रदेशसभा सदस्यलाई त्यसले सिकाउने र त्यतिले पनि नजाने जान्नेहरुसंग सिक्न समेत सुझाव दिएका थिए । बोल्ने क्रममा विगतमा संसद र संविधानसभामा कुर्सी हान्ने, गलबन्दीले सभामुखलाई तान्ने लगायतका गतिविधि भएको उदाहरण प्रस्तुत गर्दै मर्यादामा रहन समेत सुझाव दिएका थिए । तर उनले यही मर्यादा सिकाईरहँदा आफुले भने अमर्यादित शब्द प्रयोग गरेका थिए । उनले माथिका जस्ता गतिविधि भए मयार्दापालकले ‘मुन्ट्याएर’ लैजाने भन्दै अशिष्ट भाषा प्रयोग गरेका थिए । 
उनले पार्टीभित्रको आन्तरिक असन्तुष्टिसेमत प्रदेशसभामा पोखेका थिए । उनले मूख्यमन्त्री र मन्त्रीहरु जिल्ला भ्रमणमा हिडेको प्रति कटाक्ष गर्दै जनताले सोध्दा जवाफविहिन हुने काम नगर्न सुझाव दिएका थिए । आफ्नो संसदीय दलको बैठकमा मूख्यमन्त्री तथा मन्त्रीहरुलाई सुझाव दिनुपर्ने विषयमा पाण्डे संसदमै विपक्षी दलको नेता जसरी प्रस्तुत भईरहँदा सत्तापक्षीय प्रदेशसभा सदस्यहरु मुखामुख गरिरहेका थिए । ‘अरुलाई मर्यादाको लामो पाठ पढाउनेले आफुले कसरी र कस्तो भाषा बोल्ने जान्नुपर्ने हो ।’–एक प्रदेशसभा सदस्यले भने–‘उहाँले प्रयोग गर्नुभएको ‘मुन्ट्याएर’ भन्ने शब्द अशिष्ट र अमर्यादित छ ।’ 
पाण्डले आफुलाई प्रदेशसभाको शिक्षक र अन्य प्रदेशसभा सदस्यलाई विद्यार्थी जसरी प्रस्तुत गर्नु नै ठूलो कमजोरी भएको ति नेताको भनाई छ । आगामी बैठकमा पनि यस्तै प्रस्तुति रहे चुप नलाग्ने नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार