File Photo
१३ फागुन, हेटौँडा । आइतबार बसेको ३ नम्बर प्रदेश सभाको पाँचौ बैठकमा नेकपा एमालेका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले अमर्यादित भाषाको प्रयोग गरेका छन् । सभामा उपस्थित प्रदेशसभा सदस्यहरुलाई ‘शिक्षक’ शैलीमा मर्यादाको पाठ पढाएका पाण्डे आफैले भने अमर्यादित भाषा प्रयोग गरेका हुन् ।
३ नम्बर प्रदेश सभा बैठकमा ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पेश गर्दै पाण्डेले प्रदेश सभा सदस्यहरुलाई लामै पाठ पढाउन भ्याए । उनले आफु २०४८ सालदेखि संसदभित्र रहेको पृष्ठभुमि सुनाउँदै आप्mनो धारणा राखेका पाण्डेले कसरी बोल्ने, सम्बोधन कसरी गर्ने लगायतका फेहरिस्त प्रदेशसभा सदस्यहरुलाई सिकाउन भ्याए । उनले संसदीय अभ्यानसमा कतिपय पुराना र कतिपय नयाँ रहेको भन्दै व्यापार व्यवसाय लगायतका क्षेत्रमा निपूर्ण भएपनि संसदीय मर्यादा सिक्न सुझाव दिए ।
उनले आफु नेतृत्वको समितिले तयार पारेको नियमावलीको मस्यौदा देखाउँदै नजान्ने प्रदेशसभा सदस्यलाई त्यसले सिकाउने र त्यतिले पनि नजाने जान्नेहरुसंग सिक्न समेत सुझाव दिएका थिए । बोल्ने क्रममा विगतमा संसद र संविधानसभामा कुर्सी हान्ने, गलबन्दीले सभामुखलाई तान्ने लगायतका गतिविधि भएको उदाहरण प्रस्तुत गर्दै मर्यादामा रहन समेत सुझाव दिएका थिए । तर उनले यही मर्यादा सिकाईरहँदा आफुले भने अमर्यादित शब्द प्रयोग गरेका थिए । उनले माथिका जस्ता गतिविधि भए मयार्दापालकले ‘मुन्ट्याएर’ लैजाने भन्दै अशिष्ट भाषा प्रयोग गरेका थिए ।
उनले पार्टीभित्रको आन्तरिक असन्तुष्टिसेमत प्रदेशसभामा पोखेका थिए । उनले मूख्यमन्त्री र मन्त्रीहरु जिल्ला भ्रमणमा हिडेको प्रति कटाक्ष गर्दै जनताले सोध्दा जवाफविहिन हुने काम नगर्न सुझाव दिएका थिए । आफ्नो संसदीय दलको बैठकमा मूख्यमन्त्री तथा मन्त्रीहरुलाई सुझाव दिनुपर्ने विषयमा पाण्डे संसदमै विपक्षी दलको नेता जसरी प्रस्तुत भईरहँदा सत्तापक्षीय प्रदेशसभा सदस्यहरु मुखामुख गरिरहेका थिए । ‘अरुलाई मर्यादाको लामो पाठ पढाउनेले आफुले कसरी र कस्तो भाषा बोल्ने जान्नुपर्ने हो ।’–एक प्रदेशसभा सदस्यले भने–‘उहाँले प्रयोग गर्नुभएको ‘मुन्ट्याएर’ भन्ने शब्द अशिष्ट र अमर्यादित छ ।’
पाण्डले आफुलाई प्रदेशसभाको शिक्षक र अन्य प्रदेशसभा सदस्यलाई विद्यार्थी जसरी प्रस्तुत गर्नु नै ठूलो कमजोरी भएको ति नेताको भनाई छ । आगामी बैठकमा पनि यस्तै प्रस्तुति रहे चुप नलाग्ने नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले बताए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



