File Photo
१३ फागुन, चितवन । प्रदेश ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताएका छन्। सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उनले बताए।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले त्यो ठाउँको बारेमा सार्वजनिक गर्न भने नहुने बताए। उनले भने, “अहिले नै सार्वजनिक गर्यो भने समस्या हुन्छ।” प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको पनि उनले बताए। ५० हजार रोपनी खोलाले खाएको जग्गा पनि रहेको भन्दै उनले भने, “त्यहाँ १४(१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ जसबाट १० लाख जनतालाई खानेपानी पुग्छ।” ३० वटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उनले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताए। जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उनले आउँदो ४ महिनाभित्र राजधानी सर्ने बताए।
उनले भने, “निर्णय भएपछि तत्काल सार्छौँ। पूर्वाधार मन्त्री म आफैँ भएकाले मैले तयारी गरिरहेको छु। आन्तरिक काम भइरहेको छ।” मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि उनले बताए। राजधानी सरेसँगै प्रदेशको नामाकरण गरिने पनि मन्त्री स्थापितले बताए। आउँदो ५ वर्षमा पूर्वाधारका क्षेत्रमा जनताले महशुस गर्न सक्ने गरी आमूल परिवर्तन हुने पनि उनले बताए।
साभार : थाहाखबर
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
