रुपेश दुलाल
३० भदौ, हेटौँडा ।
किर्ते कागजातका आधारमा सरुवा हुने ३ स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाले असारदेखि भदौ महिनासम्मको रौतहट जिल्लाको पत्र अनुसन्धान गर्दा किर्ते कागजातमा सरुवा भएको फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रौतहटबाट विभिन्न जिल्लामा सरुवा भएका २ अनमी, २ अहेव र १ हेल्थ असिष्टेन्टको सरुवा पत्र किर्ते फेला परेको हो ।
क्षेत्रीय निर्देशकले मात्रै सरुवा गर्न पाउने नीतिगत प्रावधान भएपनि निमित्त क्षेत्रीय निर्देशकको हस्ताक्षरमा ५ जना कर्मचारी सरुवा भएको पाईएको छ । किर्तेमा संलग्न भएको आशंका भएका ३ जनालाई क्षेत्रीय स्वास्थ्य कार्यालयमा बोलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाईएको र २ जना सम्पर्कमा नआएको क्षेत्रीय स्वास्थ्य निर्देशानालय हेटौँडाका निर्देशक डा. रमेश विक्रम सिंह बताए ।
स्वास्थ्यकर्मी पक्राउपछि दिउँसो घटनाबारे बुझ्न गएका आधिकारिक ट्रेड युनियन र पेशागत ट्रेड युनियनका प्रतिनिधिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले घटनामा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कर्मचारीको संलग्नता भएकाले उनीहरुलाई कारवाही हुनुपर्ने माग गरेका छन् । क्षेत्रीय निर्देशनालयको प्रारम्भिक अनुमानमा ३१ जना कर्मचारी किर्ते कागजातका आधारमा सरुवा भएकाले थप कागजात अनुसन्धान थालिएको छ ।
को को स्वास्थ्यकर्मी पक्राउ परे ?
किर्ते कागजातका आधारमा सरुवा हुने ३ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्नता रहेको आशंकामा पक्राउ पर्नेमा रौतहटबाट ललितपुर सरुवा भएकी अनमी मन्दिरा श्रेष्ठ, सर्लाही सरुवा भएका अहेव दिनेशप्रसाद शाह र पर्सा सरुवा भएका हेल्थ असिष्टेन्ट राजकिशोर यादव रहेको स्रोतको दावि छ । अनुसन्धानमा किर्तेमा सरुवा भएका कर्मचारीहरुको नाम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आधिकारिक रुपमा दिन चाहेन । क्षेत्रीय स्वास्थ्य निर्देशक डा. रमेशविक्रम सिंहले अरु पनि कर्मचारी किर्ते कागजमा सरुवा भएको हुन सक्ने र यसमा गिरोहको हात रहेकोले अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको बताए । उनले स्वास्थ्य क्षेत्रमा रहेका गिरोह कारवाहीमा पर्ने दावि समेत गरे । प्रहरी स्रोतले घटनामा संलग्न मूख्य व्यक्तिको पहिचान भएको जनाएको छ ।
नेता समेत नियन्त्रणमा
घटनाबारे बुझ्न गएका आधिकारिक ट्रेड युनियन र पेशागत संगठनका नेता समेत प्रहरी नियन्त्रणमा परेका छन् । आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष विष्णुप्रसाद अर्याल, उपाध्यक्ष राजकुमार अर्याल, नेपाल समाजवादी स्वास्थ्यकर्मी संघका केन्द्रिय संयोजक उत्सव चौलागाई, नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष रामआदर पाण्डे, लक्ष्मण दाहाल, दिपकराज मिश्र, यादवेन्द्र पौडेलसहितका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उत्सव चौलागाईले बताए ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा क्षेत्रीय निर्देशकसँग घटनाबारे बुझ्न गएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । किर्तेमा क्षेत्रीय स्वास्थ्य निर्देशालयभित्रका कर्मचारीको हात रहेको र यसको नेतृत्व निर्देशकले गरेकोले उनलाई समेत पक्राउ गर्नुपर्ने जिकिर नेताहरुले गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । निर्देशकको काममा बाधा पु¥याउन खोजेकोले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले त्यहाँ उपस्थित संचारकर्मीलाई जानकारी दिए । प्रहरीमा नियन्त्रणमा लिईएका नेताहरुलाई अपरान्ह छोडिएको छ ।
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
