Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राक्सिराङमा चट्याङको पूर्व सूचना दिने यन्त्र जडान

FB_IMG_1745999464917-1746000092.jpg

१७ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ्गको पूर्वसूचना दिने यन्त्र सेन्सर सहितको साइरन जडान  गरिएको छ ।
दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि यो यन्त्र राक्सिराङ गाउँपालिकामा जडान गरिएको साउथ एशियन लाइट्निङ नेटवर्कका अध्यक्ष तथा अनुसन्धानकर्ता श्रीराम शर्माले बताएका छन्।उक्त यन्त्र मंगलबार गाउँपालिकाको कार्यालय चैनपुरमा जडान गरिएको हो।
जडान गरिएको यन्त्रले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्र चेतावनी दिन सक्ने शर्माले बताएका छन्। यसअघि नगरकोटमा सफल परीक्षण गरिएको  यो प्रणालीले चट्याङ्ग आउनुभन्दा करिब १६ मिनेटअघि पूर्वसूचना दिने र  सर्वसाधारणलाई सुरक्षित स्थानमा जानको लागि सन्देश प्रवाह गर्नेछ जनाइएको छ। जडान कार्यक्रममा बोल्दै 
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले  चट्याङको हिसाबले राक्सिराङ्ग उच्च जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले यस  प्रविधिले जनधनको क्षति कम गराउन मदत गर्ने बताए। 
 
प्राविधिक टोलीले आगामी यथासिघ्र सबै साइरन यन्त्रहरू जडान सम्पन्न गरिने जनाएको छ । वडा नम्बर १ को राम्चे, वडा २ र ३ को भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुरमा मुख्य सेन्सर सहितको साइरन, वडा ६ को सिलिङ्गेको विद्यालय भवन, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को प्रहरी चौकी कन्द्राङमा साइरन प्रणाली राखिने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार