२२ बैशाख, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सुशासन कायम गर्न सरकारसंगेै समुदायका नागरिकको पनि भूमिका महत्वपूर्ण रहने बताएका हुन्।
हेटौंडामा नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन) र डब्लुएचएचको संयुक्त आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले सो कुरा बताएका हुन्। उनले भौगोलिक विकटता सँगै चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेको मकवानपुरका राक्सिराङ र कैलाशमा नागरिकहरुमा व्यवहार परिवर्तन ल्याउन सके सुरक्षित खानेपानी र सरसफाई क्षेत्रमा परिवर्तन ल्याउन सकिने बताएका छन् । कैलाशमा आरआरएन सँग त सहकार्य जारी रहिरहेको बेला हामीले वाइन टु वाटरसँग खानेपानीको क्षेत्रमा काम गर्न सम्झौता गरिसकेका छौं, अध्यक्ष मुक्तानले भने । उनले गाउँपालिकामा ऐन निर्माण भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा दीगो विकास लक्ष्य २०३० पुरा गर्न तीन तहको सरकारसँगको सहकार्यमा काम गर्दै अघि बढिरहेको बताए ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका प्रवक्ता हरिबहादुर प्रजा र कैलाश १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोनले तालिममा सिकिएको अनुभव र आगामी दिनमा गरिनुपर्ने कार्यबारे आफ्नो भनाई राखेका थिए । डब्लुडब्लुएचका वास विज्ञ विजु डंगोल,सांग्रीला थापा, मानबहादुर घानामगर, लक्ष्मण जोशी लगायतले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै तालिमलाई सहजीकरण गरेका थिए भने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौंडा क्षेत्रको खानेपानीको अवस्था, व्यवस्थापन, महशुल, ऐन नियमका विषयमा आफ्नो अनुभव व्यक्त गरेका थिए ।
गोष्ठीमा खानेपानी, सरसफाई तथा स्वच्छताको सुशासन, नीतिगत कानून, जलवायू अनुकुलन तथा विपद् जोखिम व्यवस्थापन, तीन तहको सरकारको सहकार्यका विषय, प्रदेश तथा स्थानीय तहका लागि लैंगिक उत्तरदायित्व बजेट विषयक छलफल गरिनुका साथै सामाजिक समावेशीकरणका लक्षित वर्ग, बजेटको विकास, वर्गीकरण, सूचक विषयक छलफल गरिएको थियो ।
कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघ प्रदेश अध्यक्ष बद्रीप्रसाद देवकोटा, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट, आरआरएनका कार्यक्रम व्यवस्थापक निराजन पोखरेल, डब्लुडब्लुएचका वास विज्ञ विजु डंगोल, सांग्रीला थापा, गाउँपालिका राष्ट्रिय महासंघका समन्वय अधिकृत रुपेश दुलाल, प्रशिक्षक मानबहादुर घानामगर, लक्ष्मण जोशीको आतिथ्यता रहेको थियो । कार्यक्रममा राक्सिराङ र कैलाश गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको सहभागिता रहेको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन) र डब्लुएचएचले मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी योजनाहरुमा काम गर्दै आइरहेको छ ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















