Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

राजनीति

हेटौंडामा जमिन भास्सिएर हराएको गाडीको सम्भावित लोकेसन पत्ता लगाइयो

Screenshot_20250506_21262-1746546264.jpg

घटनास्थलमा अध्ययन गर्दै भूगर्भविद्को टोली

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर हराइरहेको  ना ४ च ४८३३ नम्बरको योद्धा डिआइको सम्भावित लोकेसन पत्ता लगाइएको छ। 
सोमबार सम्म विभिन्न तरिकाले खोजी गर्दा फेला परेपछि हेटौंडा उपमहानगरपालिकाले काठमाडौंबाट भूगर्भविद् नारायण अधिकारी सहित ४ जनाको टोलीले बोलाएको थियो। टोली मंगलबार बिहानबाट घटनास्थलमा खटिएका थिए।उनीहरुले प्रोटोन म्याग्नेटो मिटर, पावर अगर लगायतका विधि मार्फत घट्नास्थल आसपास अध्ययन गरेका थिए। 
माछाको दाना दिन हेटौंडा बजार जाँदै गर्दा जमिन भासिएर बेपत्ता भएको गाडी पत्ता लगाउन परिचालित भूगर्भविद्को टोलीले मंगलबार अपरान्ह सम्भावित लोकेसन फेला पारेका हुन् । प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी उक्त गाडीको सम्भावित लोकेसन पत्ता लगाइएको भूगर्भविद् कृष्ण पाण्डेले जानकारी दिएका छन्। 

उनका अनुसार गाडीमा चुम्बकीय वस्तु धेरै हुने भएकाले चुम्बकीय वस्तु पत्ता लगाउने प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरिएको हो । गाडी जमिनमुनि भासिएर हराएको ठाउँको वरपर यसरी प्रोटोन म्याग्नेटोमिटर प्रयोग गर्दा एक ठाउँमा चुम्बकीय वस्तु रहेको सङ्केत अन्य स्थानको तुलनामा निकै बढी आएको उनले बताएका थिए । लोकेसनका आधारमा भासिएको स्थानको पूर्व पट्टी गाडी रहेको अनुमान गरिएको छ। यद्यपी गाडी भने फेला नपरेको जनाइएको छ।  घटनास्थलको अध्ययन गरिरहेका भूगर्भविद् नारायण अधिकारीले सो क्षेत्रको भुबनोट निकै कमजोर र तरलता युक्त रहेको छ।माथिल्लो भागमा केही माटो भरिएपनि तल्लो भागमा बालुवा तथा दलदल युक्त माटो रहेको  बताएका छन् । बुधबार थप अध्ययन पछि सवारी फसेको स्थान स्पष्ट हुने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
हेटौंडा खानेपानी बोर्डको १२ वार्षिक उत्सव: विभिन्न व्यक्तिलाई सम्मान
GridArt_20250522_14234029-1747903254.jpg

८ जेठ, हेटौंडा।  हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो  १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका...

क्वालिफायरमा छनोट भएको नेपाली महिला क्रिकेट टिम स्वदेश
nepali-team-1747848685-1747874401.png

८ जेठ, हेटौंडा ।  थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1747874093.jpg

८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको...

अख्तियारद्वारा गृहका सहसचिव भट्टराईलाई केहीबेर नियन्त्रणमा
462547460_109798715193447-1747873811.jpg

८ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई केहीबेर...

हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर २ जना घाइते
images(2)-1747841394.jpg

७ जेठ, हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह...

चुच्चेखोला वन समूहको ५ दिने तालिम सम्पन्न
IMG_20250512_115119-1747816144.jpg

७ जेठ, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ५ दिने तालिम...

प्रहरीका ११ एसएसपी, डिआइजी बढुवाको सिफारिसमा
Nepal-Police_DIG-1747755780.jpg

६ जेठ, हेटौंडा। नेपाल प्रहरीका ११ एसएसपी डिआइजी बढुवाको सिफारिस भएका छन्।  गृह मन्त्रालयले मंगलबार ११ जना ...

शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ
Screenshot_20250520_16291-1747737873.jpg

६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...

गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
Nepal-Rastra-Bank-1747737550.jpg

६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...

थप समाचार