३१ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। बुधबार गाउँपालिकाको कार्यालय कालिकाटारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भएको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।
नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले मकवानपुरको यूवाको भविष्य नभएको बताउँदै अधिकांश दुव्र्यसनीमा फसेको बताएका छन् । गाजाँ खेतीको विषयमा विद्येयक प्रदेश सरकार र संघीय सरकार दर्ता भएको अवस्थामा खेती गर्नेको संख्या बढ्दो रहेको बताए । कैलाश र राक्सिराङमा कच्चा पदार्थ उत्पादन हुन्छ, त्यो भारत पुगेर लाखौं मुल्यमा नेपाल भित्रने गरेको अध्यक्ष मुक्तानले बताए । हामी स्थानीय सरकारले चेतना अभिवृद्धि मात्रै गर्ने हो भने सुरक्षा निकाय वीउ देखीनै नष्ट गर्ने अभियानमा लाग्नुपर्ने बताए । लागूपदार्थ दुव्र्यसनी सम्बन्धी कार्यक्रमहरु नीति तथा योजनामा समेट्ने अध्यक्ष मुक्तानले बताए ।
गाजाँ इलिगल हो, उत्पादन, सेवन र बिक्री गर्न कानून विपरित पर्दछ, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताईन् । मकवानपुरको कैलाश र राक्सिराङ गाजाँ र अफिमको पहिचानले चिनिने अवस्था छ, त्यसलाई परिवर्तन गर्न गाउँगाउँमा रहेका जनप्रतिनिधिहरुले नै रहेको बताईन् । गाउँको मुहार फेर्ने नै जनप्रतिनिधिले हो, भूगोल अनुरुप कार्य गर्दै लागूपदार्थ गाजाँ र अफिम खेती, विक्री वितरण र सेवनको अन्त्य गरिनुपर्छ, प्रजिअ श्रेष्ठले भनिन् ।
उनले हामी गाउँपालिका आयौं अब तपाईहरुले गाउँगाउँ टोलटोलमा पुगेर आफुले बुझेका कुराहरु जानकारी गराउन आग्रह गरिन् । अन्तरक्रियामा उठेका नागरिकता र राष्ट्रिय परिचयपत्रको गुनासोहरुलाई पनि सम्बोधन गरेकी थिईन् ।
कार्यक्रममा प्रहरी उपरीक्षक विश्वराज खड्काले लागू औषध सम्बन्धी आफ्नो प्रस्तुती दिएका थिए । उनले दुव्र्यसनका चरणहरु, शारिरीक तथा मानसिक असरहरु, यूवाहरुमा परेको असरहरु, ऐनमा उल्लेख भएका विशेषता तथा दण्ड सजायबारे जानकारी दिएका थिए । अफिमबाट बन्ने ब्राउन सुगर प्रयोगकर्ता मकवानपुरमा अन्य जिल्लाभन्दा अग्र स्थानमा रहेको प्रहरी उपरीक्षक खड्काले बताए । समस्या र चुनौति धेरै रहेको अवस्थामा पनि नियन्त्रण गर्नमा नियमित कार्यहरु गरिरहेको उनले बताए । चालु आवमा चार हजार तीन सय १७ किलो गाजाँ र २० किलो अफिम बरामद गरिसकेको तथ्याङ्कमा उल्लेख रहेको छ । कार्यक्रममा मकवानपुर रिकभरी समूहका अनिल लामाले आफ्ना अनुभव र दुव्र्यसनमा फस्ने किशोर अवस्था र यूवाहरुको दुव्र्यसनको चक्रबारे आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । प्रस्तुती पश्चात वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, वडा ७ का अध्यक्ष उदासकुमार भोलन, वडा ९ का अध्यक्ष भूवन सिं घलान, मणिकलाल मुक्तान, रवीन्द्र थिङ, महेश चेपाङ, राजकुमार चेपाङ, राजेन्द्र थिङले आफ्ना जिज्ञासा राख्नुका साथै नागरिकता तथा राष्ट्रिय परिचयपत्रको विषयमा भनाई राखेका थिए ।
मकवानपुर प्रजिअ स्किम श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाअ अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी बल १४ नं. गणका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाह, राष्ट्रिय अनुसन्धान विभाग हेटौंडा कार्यालयका उप अनुसन्धान निर्देशक प्रज्वल खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, राजनितिक दलका प्रतिनिधि, स्थानीयबासी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















