Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा खानेपानी बोर्डको १२ वार्षिक उत्सव: विभिन्न व्यक्तिलाई सम्मान

GridArt_20250522_14234029-1747903254.jpg

८ जेठ, हेटौंडा।  हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो  १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका अध्यक्ष प्रताप विष्ट को सभाध्यक्षता, हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशिष्ट आतिथ्यमा बोर्डले १२ औ वार्षिक उत्सव मनाएको हो।
वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर लामाले  नागरिकको अपेक्षाअनुसार विकास निर्माण र सेवा प्रवाहमा ध्यान दिनुपर्ने कुरामा जोड दिइन्। उनले नागरिकका हक अधिकारप्रति राज्यका संरचनाहरू जिम्मेवार र उत्तरदायी भएर काम गर्नुपर्ने समय आएको बताएकी हुन्। उनले नगरभित्र न्यूनतम् १० युनिट सम्म सम्म पानी खपत गर्ने घरधुरीको शुल्क मिनाह गरिएको स्मरण गराइन्। कार्यक्रममा बोर्डका कर्मचारी, अधिक महसुल भुक्तानीकर्ता र पानी चुहावटबारे सूचना दिने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। 
कार्यक्रममा बोर्डले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगदसहित कर्मचारीहरू सब–इन्जिनियर प्रवीण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठ सहायक दीपिका केसी र सृजना अर्याल, मिटर रिडर सृजना पुलामी, प्रकाश श्रेष्ठ, तारादेवी थिङ, फिल्ड सहयोगी अशोक चौलागाई, सुनिल राई र सञ्जीव थिङ, सहयोगी किशोर पोखरेल, पम्प सहयोगी ईश्वर लामिछाने, कृष्णप्रसाद बस्ताकोटी, भूपेन्द्र सिलवाल, द्रोणकुमार धमला र पाल्साङ बल, चौकीदार तीर्थ मोक्तान, प्रकाश तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै नियमित तथा अधिक खानेपानी महसुल भुक्तानी गर्ने हेटौँडा सामुदायिक आँखा अस्पताल, हेटौँडा–४, पारिजात पथका तुलसीराम लामिछाने, हेटौँडा–१९, बस्तीपुरका महेशदेव भट्टराई, हेटौँडा–१८, हर्नामाडीका प्रेमबहादुर कार्की, हेटौँडा–१६, हटियाका प्रकाश पुरी, हेटौँडा–१४, बनेल धापका लक्षबहादुर थपलिया र हेटौँडा–४, हुप्रचौरका राजु शिवाकोटीलाई सम्मान गरिएको थियो ।

बोर्डले पानी लिकेज चुहावटसम्बन्धी सूचना दिने तथा सरोकारवालाहरूबिच सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न सहयोग गर्ने सूचनादाताहरू हेटौँडा–१९, बस्तीपुरका श्याम रिमाल, हेटौँडा–१६, हटियाका बद्री दाहाल, हेटौँडा–१८, हर्नामाडीका हर्क रम्तेल, हेटौँडा–८, कमानेका राम बहादुर दुलाल, हेटौँडा–७, न्यूरेनीका सुनिल शिवाकोटी, हेटौँडा–१४, बनेलधापका कृष्णबहादुर गोले, हेटौँडा–१५, रातोमाटेका भरत निरौलालाई सम्मान गरिएको थियो ।
हेटौँडा–१६, हटियामा स्वयंसेवी रूपमा पानी ट्याङ्की सञ्चालन गर्दै आएका शक्तिडाँडाकी मन्जुदेवी भुजेल, घ्याम्पे डाँडाका धनबहादुर पुलामी, जरुङडाँडाका हस्तबहादुर गोले र घ्यामेडाँडा पश्चिमकी नन्दमाया थापा मगरलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा खानेपानी संस्थानको हेटौँडास्थित कार्यालय बोर्डमा हस्तान्तरणपछि बोर्डमा हस्तान्तरण भएको पहिलो उपभोक्ता समिति हेटौँडा–१४, मयूरधापस्थित मयूरधाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर थपलियालाई सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन कुमार शाक्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर, हेटौडा ११ की वडाध्यक्ष जुना दाहाल, हेटौडा २ का वडा अध्यक्ष कृष्ण गोपाल महर्जन, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सदस्य इन्द्र नेपाल लगायतले मन्तव्य व्यक्त गरेका थिए। वार्षिकोत्सवमा बोर्डका निमित्त प्रमुख विष्णुप्रसाद सापकोटाले प्रगति विवरण प्रस्तुत गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार