१२ जेठ, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहानगरपालिका वडा नम्बर-३ नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र नजिकै बसले ६ पैदलयात्रीलाई ठक्कर दिदा २ जनाको मृत्यु भएको र अन्य ४ घाइते भएका छन।
सोमबार अपरान्ह बज्रबाराही गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिरहेका ६ जनालाई ठक्कर दिदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।मृत्यू हुनेमा पैदलयात्री हालसम्म वतन नखुलेको अन्दाजी ३५।४० वर्षीय कृष्ण बलामी, वतन नखुलेकै अन्दाजी ३५।४० वर्षीय लोकेन्द्र कुमार ठाकुर रहेको जनाइएको छ।मृतक बलामी लेखापढी गर्ने र ठाकुर सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर भई हाल झम्केश्वरी माविका शिक्षक रहेको जनाइएको छ। उनीहरु दुवैको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। त्यसैगरी बसको ठक्करबाट हालसम्म वतन नखुलेको अन्दाजी ३५/३६ वर्षीय रघुनन्दन यादव(झम्केश्वरी मावि कै शिक्षक रहेको) , हाल वतन नखुलेको अन्दाजी ३५/३६ वर्षीय कमलेश कुमार साह, बारा जितपुर सिमरा -१७ बस्ने अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र बारा कोल्बि नगरपालिका ०१ बस्ने अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते यादव र साहाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि ट्रमा टेन्टर काठमाडौं पठाइएको र अन्य दुईको पालुङमै उपचार भइरहेको छ। ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उक्त बसले थाहानगरमा उप प्रमुख भरत गोपालीको घरमा समेत क्षति पुर्याएको छ ।
२० असार, हेटौंडा । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित...
२० असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा...
२० असार, हेटौंडा । विश्वकपमा अर्जेन्टिनाले केपभर्डेसँग ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको...
२० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी,...
१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...
१९ असार, हेटौंडा । स्पेन फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार लस एन्जलसमा भएको नकआउट खेलमा स्पेनले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

















-1782436668.jpg)
