Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको पालुङमा बसको ठक्करबाट दुईको मृत्यु,चार घाइते

Screenshot_20250526_21044-1748272850.jpg

१२ जेठ, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहानगरपालिका वडा नम्बर-३ नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र नजिकै बसले ६ पैदलयात्रीलाई ठक्कर दिदा २ जनाको मृत्यु भएको र अन्य ४ घाइते भएका छन।

सोमबार अपरान्ह बज्रबाराही गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिरहेका ६ जनालाई ठक्कर दिदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।मृत्यू हुनेमा पैदलयात्री हालसम्म वतन नखुलेको अन्दाजी ३५।४० वर्षीय कृष्ण बलामी,  वतन नखुलेकै अन्दाजी ३५।४० वर्षीय लोकेन्द्र कुमार ठाकुर रहेको जनाइएको छ।मृतक बलामी लेखापढी गर्ने र ठाकुर सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर भई हाल झम्केश्वरी माविका शिक्षक रहेको जनाइएको छ। उनीहरु दुवैको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। त्यसैगरी बसको ठक्करबाट हालसम्म वतन नखुलेको अन्दाजी ३५/३६ वर्षीय रघुनन्दन यादव(झम्केश्वरी मावि कै शिक्षक रहेको) , हाल वतन नखुलेको  अन्दाजी ३५/३६ वर्षीय कमलेश कुमार साह, बारा जितपुर सिमरा -१७ बस्ने  अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र  बारा कोल्बि नगरपालिका ०१ बस्ने अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी  घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते यादव र साहाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि ट्रमा टेन्टर काठमाडौं पठाइएको र अन्य दुईको पालुङमै उपचार भइरहेको छ। ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उक्त बसले थाहानगरमा उप प्रमुख भरत गोपालीको घरमा समेत क्षति पुर्याएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार