Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशमा संचालन भएको एक महिने व्यूटिसियन तथा मेकअप तालिम समापन

Screenshot_20250529_20195-1748529776.jpg

१५ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सञ्चालन भएको एक महिने व्यूटिसियन तथा मेकअप तालिम बिहीबार सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको सहयोगमा हिमगंगा ग्रामीण विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन भएको तालिम बिहीबार सक्किएको हो। 
कैलाश वडा नम्बर ९ का अध्यक्ष भूवन सिं घलानको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सीप दीगोपनाका लागि  टिकाउ र बिकाउ हुनुपर्ने बताउँदै तालिम लिएकाहरुको  सीप बिक्नुपर्ने बताएका छन् । उनले सीप सिकेर उद्यम बन्नुपर्नेमा जोड रहेको भन्दै बैकुण्ठमा होमस्टे तालिम पश्चात होमस्टे सञ्चालन सुरु भएको बताए । 
आर्थिक वृद्धिका लागि पर्याप्त स्रोत छैन्, तैपनि प्रदेश र संघीय सरकारसँग तालिम सीपको लागि योजना माग  गरेर भएपनि तालिमहरुको आयोजना गर्दै आइरहेको अध्यक्ष मुक्तानले बताए । उनले सीप पश्चात व्यवसायिक रुपमा लाग्न सबै सहभागिहरुलाई आग्रह समेत गरेका छन् । 
कार्यक्रममा सीप सिकेर उद्यम बन्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले आग्रह गरेका छन् । व्यवसाय गर्न नसके पनि गाउँठाउँमा घरदैलो गरेर पनि सीपलाई आम्दानीमा जोडर अघि बढ्नुपर्ने बताउँदै तालिममा राज्यको लगानी परेकाले सिकेको सीपलाई भरपुर सदुपयोग गर्नुपर्ने जोड दिए । तालिमका सहभागी तारा थिङले सीप पश्चात पार्लर सञ्चालन गर्न सकिने बताउँदै व्यूटिसियन तालिम हामीले एडभान्स  तालिम लिन सके अझै निखारिने बताईन् । समूहमा मिलेर वा एक्दै घरदैलो गरेर भएनि आफु सिकेको सीपलाई भरपुर सदुपयोग गर्ने प्रतिवद्धता जनाईन् । 
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुमित्रा थिङ, कार्यक्रम संयोजक इन्दिरा न्यौपाने,  ९ नम्बर वडा सचिव पुजा बल्लभ, महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख रमिला सापकोटा, तालिमका प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।  एक महिने व्यूटिसियन तथा मेकअप तालिम तथा ३ दिने उद्यमशीलता तालिममा १८ जना महिलाहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार