Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर ३० औं साक्षर जिल्ला घोषणा

Educated-District-(2)-1473938740.jpg

३० भदौ, हेटौँडा । मकवानपुर विहिबार देशको ३० औं साक्षर जिल्लाको रुपमा विहिबार घोषणा गरिएको छ । शिक्षामन्त्री धनिराम पौडेलले हेटौँडाको पल्पसा सभागृहमा भएको घोषणा सभामा मकवानपुरलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । 
देशभरका ५९ जिल्ला साक्षर घोषणा गर्ने क्रममा २९ जिल्ला यसअघि घोषणा भईसकेको र मकवानपुर ३० औं जिल्ला भएको मन्त्री पौडेलले बताए । उनले बाँकीलाई साक्षर जिल्ला घोषणा गर्ने क्रम तिब्र बनाईएको उनले बताए । कार्यक्रममा बोल्दै उनले साक्षर जिल्ला घोषणा भएकोमा मकवानपुरबासीमा आभार व्यक्त गर्दै निरतर साक्षरताको अभियान जारी राख्न आग्रह गरे । उनले शिक्षालाई आयआर्जनसंग जोड्नुपर्ने बताउँदै यस अनुसार सरकार अघि बढेको बताए । 
राष्ट्रभाषा र मातृभाषाका वर्ण र अक्षर पढन सक्ने, मातृभाषा र नेपाली भाषामा लेखिएका मुल्यसूचि, बिल पढ्न सक्ने, आफ्नो परिवारका सदस्यहरुको नाम, उमेर पढन,लेख्न सक्ने, ० देखि ९ सम्मका अंक पढलेख गर्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने, सरल लेनदेनका हिसावहरु राख्न सक्ने, घडी हेरेर समय बनाउन सक्ने, मोवाइलका अंक चिनी प्रयोग गर्नसक्ने लगायतका सूचकका आधारमा मकवानपुरलाई साक्षर जिल्ला घोषणा गरिएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले कार्यक्रममा जानारी दिए । 
२०६८ को जनगणना अनुसार मकवानपुरको १५ देखि ६० बर्ष उमेर समूहका मध्ये ९८ दशमलव ९७ प्रतिशत साक्षर भएकाले जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । कूलजनसंख्या २ लाख ३८ हजार ४ सय ९७ मध्ये १५ देखि ५० उमेर समूहका २ लाख २६ हजार ५० सय साक्षर रहेका छन् । 
भारी बर्षाका बीच भएको घोषणा सभालाई मकवानपुरका सांसद अनन्त पौडल, गणेश थापा, शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विके, राजनैतिक दलको तर्फबाट राप्रपा नेपालका केन्द्रिय सदस्य नवराज विष्ट, जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसअघि विद्यार्थी, शिक्षक, अभिभावक र शिक्षा क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिसहितको र्यालीले बजार परिक्रममा गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार