Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अछाममा आइतबार रातिको हावाहुरीले दर्जनौ घरमा क्षति

IMG-20250602-WA0002-1748843203.jpg

१९ जेठ, मंगलसेन। आइतबार साँझ आएको भीषण हावाहुरीका कारण अछामको विभिन्न स्थानमा क्षती पुगेको छ भने एक दर्जन भन्दा बढी घरको छाना उडाएको छ।
हावा हुरीले जिल्लाको पञ्चदेवल विनायक र रामारोशन गाउँपालिकामा क्षति पुर्‍याएको अछाम प्रहरीले जानकारी दिएको छ। हावाहुरीले पञ्चदेवल विनायक नगरपालिका–२   हवाजै कामीको घर वरपर देखिएको छ। उनको बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोलार प्यानल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सो ठाउँको  लेख काडाँगाउँकी पवित्रा देवी धामीको २ दुई तले चारकोठे कच्ची घरको छाना उडाएको छ। पञ्चदेवल विनायक–३ का सिरे कामीको जस्तापाताले छाइएको दुई तले घरको छाना उडाएको छ भने, नादीमा बस्ने तप्तराज तिमिल्सेनाको घरमा भने मेलको रुख भाँचिएर घरमाथि खसेपछि घर पूर्ण रूपमा भत्किएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।
त्यसैगरी हावाहुरीले जिल्लाको रामारोशन गाउँपालिका–५, नेटाकोटस्थित यशोदा माविको दुई तले एक कोठे भवनको टिनको छाना उडाएको छ। त्यस्तै, सोही ठाउँका शक्ति बहादुर साउदको गाडी राख्ने ग्यारेजको छानासमेत हावाहुरीले उडाएको छ।यता पञ्चदेवल विनायक–५ का टंकबहादुर साही, वडा नं. ४ का मीन बहादुर बिक, र वडा नम्बर ३ का दान बहादुर कठायत, भरत अधिकारी, र रण बहादुर रावलका घरहरूमा पनि छाना र संरचनात्मक क्षति पुगेको छ। कमल साउँदको जस्तापाताको घर त पूरै उडाएको प्रहरीले जनाएको छ ।प्रहरीलाई  प्राप्त विवरणअनुसार घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति को पुष्टि नभएको डिएसपी भण्डारीले जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार