२० जेठ, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा सोमबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले घरेलु टोलीमाथि रोमाञ्चक जित हासिल गरेको छ । नेपालले सोमबार राति सम्पन्न खेलमा स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै महत्वपूर्ण २ अङ्क जोड्न सफल भयो ।
अन्तिम बलमा १ रन चाहिँदा मार्क वाटले वाइड बल फाल्न पुग्दा नेपाल विजयी भयो । स्कटल्यान्डलाई हराएसँगै नेपालका प्रशिक्षक स्टुआर्ट लले पनि प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भए । जितपछि नेपाल युएइलाई पछि पार्दै १३ खेलबाट ८ अङ्क बनाएर सातौं स्थानमा उक्लिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले दिएको २ सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले १ बल बाँकी हुँदा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालका लागि करण केसीले सर्वाधिक ६५ रनको अविजित इनिङ खेले । उनले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।
उनी बाहेक ओपनर कुशल भुर्तलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन बनाउँदा आसिफ शेख २० रनमा आउट भए । त्यस्तै भिम सार्की ४० रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ३७ रन बनाएका थिए । यि बाहेक गुल्सन झाले ४२ रन बनाउँदा नवौं नम्बरमा ब्याटिङका लागि आएका करण केसीनै जितका लागि नायक सावित बनेका थिए । केसी र झा बिच आठौं विकेटका लागि ६० रनको साझेदारी गरेका थियो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलनले ३ विकेट लिएपनि टिमको हार टार्न सकेनन् । उनी बाहेक ज्या जार्भीस र माइकल लिस्कले समान २-२ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो । स्कटल्यान्डको प्रतिस्पर्धात्मक स्कोरमा ओपनर चार्ली टियरले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८० रन जोड्दा फिनाली म्याक्राथले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, म्याथ्यु क्रसले ३९ रन बनाउँदा माइकल लिस्कले १८ रन बनाएका थिए । मार्क वाटले १० रन बनाएका थिए ।
त्यस्तै, जर्ज मुन्सीले १२ रन बनाउँदा ब्रान्डन म्याकमुलन १९ रनमा पेभिलियन फर्किएका थिए। कप्तान रिची बेरिङ्गटन ४० रन बनाएर आउट भएका थिए। नेपालका लागि रिजन ढकाल, करण केसी, सोमपाल कामीले समान २-२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिएका थिए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



