Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आरसीबीलाई आइपिएलको उपाधि

Screenshot_20250604_06271-1748997742.jpg

२१ जेठ, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगोलर (आरसीबी)  ले इन्डियन प्रिमियर लिग आइपिएल) को १८ औं सिजनको उपाधि जितेको छ। टीमले मंगलबार भएको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै उपाधि जितेको हो।
अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गर्दै आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब १ सय ८४ रनमा समेटिएपछि आरसीबी पहिलो पटक च्याम्पियन बनेको हो। टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीका लागि विराट कोहलीले ३५ बलमा ४३ रन बनाउँदा मंयक अग्रवालले २४ रन बनाएका थिए।
त्यस्तै रजत पाटिदारले २६ रन बनाउँदा लियम लिभिस्टिङले २५ रन बनाएका थिए। जितेश शर्माले २४ रन  र रोमारियो शेफर्डले १७ रन बनाए। पञ्जाबका लागि अर्सदीप सिंह र क्याली जेमिनसनले समान ३-३ विकेट लिए।
१ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन मात्र जोड्न सक्यो। उसका लागि प्रियन्सा आर्यले २४ रन, प्रभसिम्रन सिंहले २६ रन, जोस इंग्लिसले ३९ रन बनाएका थिए। सशांका सिंहले ६१ रनको अविजित इनिङ खेले । आरसीबीका लागि भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्यले २-२ विकेट लिंदा यश दयाल, जोश ह्याजलवुड र रामरियो शेफर्डले १-१ विकेट लिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार