Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आरसीबीलाई आइपिएलको उपाधि

Screenshot_20250604_06271-1748997742.jpg

२१ जेठ, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगोलर (आरसीबी)  ले इन्डियन प्रिमियर लिग आइपिएल) को १८ औं सिजनको उपाधि जितेको छ। टीमले मंगलबार भएको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै उपाधि जितेको हो।
अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गर्दै आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब १ सय ८४ रनमा समेटिएपछि आरसीबी पहिलो पटक च्याम्पियन बनेको हो। टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीका लागि विराट कोहलीले ३५ बलमा ४३ रन बनाउँदा मंयक अग्रवालले २४ रन बनाएका थिए।
त्यस्तै रजत पाटिदारले २६ रन बनाउँदा लियम लिभिस्टिङले २५ रन बनाएका थिए। जितेश शर्माले २४ रन  र रोमारियो शेफर्डले १७ रन बनाए। पञ्जाबका लागि अर्सदीप सिंह र क्याली जेमिनसनले समान ३-३ विकेट लिए।
१ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन मात्र जोड्न सक्यो। उसका लागि प्रियन्सा आर्यले २४ रन, प्रभसिम्रन सिंहले २६ रन, जोस इंग्लिसले ३९ रन बनाएका थिए। सशांका सिंहले ६१ रनको अविजित इनिङ खेले । आरसीबीका लागि भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्यले २-२ विकेट लिंदा यश दयाल, जोश ह्याजलवुड र रामरियो शेफर्डले १-१ विकेट लिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार