२४ जेठ, हेटौंडा। हेटौंडामा सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर विषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको छ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार हेटौंडामा सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर विषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको हो।
उक्त गोष्ठीको हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले गरेकी थिइन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले देश र समाजप्रति हेर्न दृष्टिकोण नकारात्मक हुँदा अहिलेको व्यवस्था र संविधान दुबै असफल हुने बताइन्। मेयर लामाले पत्रकारिता पनि नकरात्मक कुराको हावी हुदै गएको उल्लेख गर्दे, सकारात्मक भन्दा पनि नकरात्मक कुरालाई मात्र हल्ला गर्ने प्रवृत्ति बढ्दै गएको बताइन्।
उनले जनप्रतिनिधिको भिजनलाई तल्लो तहसम्म लैजाने पत्रकार भएको बताइन्।
कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा रहेका पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरक्षित रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन राज्यलाई जवाफदेही बनाउनुपर्ने बताए । महासचिव दाहालले तीन तहकै सरकारले कानुन मार्फत प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए भ
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले प्रविधिको तीव्र विकासले पत्रकारिता गर्ने प्रवृत्ति परिवर्तन हुदै गएको बताएका छन्। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चूनौति र यसका सकारात्मक पक्षहरू विषयमा र नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारिता सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा उपाध्यक्ष हरि हुमागाईं सहित विभिन्न पत्रकार संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















