Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बेचबिखनका कार्यविरुद्ध सहयोग गर्ने सभामुखको प्रतिवद्धता

Sanu-Kumar-Shrestha-1519826115.JPG

१६ फागुन, हेटौंडा । प्रदेश नम्वर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले चेलिबेटी बेचबिखन विरुद्वको कार्यहरुमा सहयोग गरिने बताएका छन् । माईति नेपालको २५ औ वार्षिकोत्सवको अवसरमा आयोजित मेचीमहाकाली जनचेतना अभियान समापन समारोहमा सम्बोधन गर्दै सभामुख श्रेष्ठले यस्तो बताएका हुन् । 
श्रेष्ठले देश संघीयतामा गईसकेको भन्दै अब आर्थिक समृद्वितर्फ सबैले ध्यान केन्द्रित गरे मानव बेचबिखन न्युनिकरण हुने बताईन् । माईति नेपालले आफ्नो स्थापना दिवसको अवसरमा हालसम्ममा आफुले ३६ हजार ४५ जना जोखिममा परेका महिला तथा बालबालिकाको उद्वार गरेको र १८ हजार ५५ जनालाई कानुनि सहयोग गरेको जनाएको छ । त्यस्तै २५ हजार ३ सय २० जना प्रभावितलाई  पूर्नस्थापना गरेको छ । हेटौँडाको भूटनदेवी स्कूल चौरबाट निकालिएको ¥याली बुद्धचोकमा पुगि समापन समारोहमा परिणत भएको थियो । 
¥यालीमा नेपाल स्काउट, नेपाल प्रहरी, विभिन्न संघसंस्था, महिला समूहको उपस्थिति थियो । बुद्ध चोकमा सम्पन्न समापन समारोह माईति नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काको अध्यक्षता तथा ३ नम्बर प्रदेशका सभामुख श्रेष्ठको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, महिला तथा बालबालिका कार्यालय हेटौँडाका प्रमूख विष्णुकुमारी लामिछाने, हेटौँडा उपमहानगरपालिका प्रमूख हरिबहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी लगायतको उपस्थिति थियो । 
महिला तथा बालबालिका बेचविखनविरुद्ध सकृय रहदैँ आएको माईति नेपालले मेचीमहाकाली जनचेतना अभियान फागुन १० गतेबाट सुरु गरेको थियो । माईति नेपालको देशभरि २९ वटा जिल्लामा शाखा विस्तार भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार