Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बेचबिखनका कार्यविरुद्ध सहयोग गर्ने सभामुखको प्रतिवद्धता

Sanu-Kumar-Shrestha-1519826115.JPG

१६ फागुन, हेटौंडा । प्रदेश नम्वर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले चेलिबेटी बेचबिखन विरुद्वको कार्यहरुमा सहयोग गरिने बताएका छन् । माईति नेपालको २५ औ वार्षिकोत्सवको अवसरमा आयोजित मेचीमहाकाली जनचेतना अभियान समापन समारोहमा सम्बोधन गर्दै सभामुख श्रेष्ठले यस्तो बताएका हुन् । 
श्रेष्ठले देश संघीयतामा गईसकेको भन्दै अब आर्थिक समृद्वितर्फ सबैले ध्यान केन्द्रित गरे मानव बेचबिखन न्युनिकरण हुने बताईन् । माईति नेपालले आफ्नो स्थापना दिवसको अवसरमा हालसम्ममा आफुले ३६ हजार ४५ जना जोखिममा परेका महिला तथा बालबालिकाको उद्वार गरेको र १८ हजार ५५ जनालाई कानुनि सहयोग गरेको जनाएको छ । त्यस्तै २५ हजार ३ सय २० जना प्रभावितलाई  पूर्नस्थापना गरेको छ । हेटौँडाको भूटनदेवी स्कूल चौरबाट निकालिएको ¥याली बुद्धचोकमा पुगि समापन समारोहमा परिणत भएको थियो । 
¥यालीमा नेपाल स्काउट, नेपाल प्रहरी, विभिन्न संघसंस्था, महिला समूहको उपस्थिति थियो । बुद्ध चोकमा सम्पन्न समापन समारोह माईति नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काको अध्यक्षता तथा ३ नम्बर प्रदेशका सभामुख श्रेष्ठको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, महिला तथा बालबालिका कार्यालय हेटौँडाका प्रमूख विष्णुकुमारी लामिछाने, हेटौँडा उपमहानगरपालिका प्रमूख हरिबहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी लगायतको उपस्थिति थियो । 
महिला तथा बालबालिका बेचविखनविरुद्ध सकृय रहदैँ आएको माईति नेपालले मेचीमहाकाली जनचेतना अभियान फागुन १० गतेबाट सुरु गरेको थियो । माईति नेपालको देशभरि २९ वटा जिल्लामा शाखा विस्तार भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार