३ असार, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो एक सयौं टी-२० अन्तर्राष्ट्रिय खेलमा नाटकिय पराजय भोगेको छ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक खेल तेस्रो सुपर ओभरमा धकेलियो। जहाँ तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्स विजयी भयो। नेदरल्यान्ड्सको यो जारी सिरजमा दोस्रो खेलमा पहिलो जित हो। नेपाल भने पहिलो खेलमा पराजित भयो।
रोमाञ्चक खेलमा निर्धारित २० ओभरमा दुबै टिमले समान १ सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। पहिलो सुपर ओभरमा समान १९-१९ रनको बराबरी भएपछि दोस्रो सुपर ओभरमा खेल धकेलिएको थियो। जहाँ पुन १७-१७ रनको स्कोर भयो। तेस्रो सुपर ओभर भने निर्णायक बन्यो जहाँ डच टोलीले बाजि मार्यो।
तेस्रो सुपर ओभरमा नेपाली ब्याटरले केवल रन नजोड्दै २ विकेट गुमाउन पुग्दा डच टोलीले केवल १ रनको लक्ष्य पायो । तेस्रो सुपर ओभर लिएर आएका जच लियन क्याचेटले उत्कृष्ट बलिङ गरे। उनले पहिलो बलमै रोहित पौडेललाई क्याली क्लेइनद्वारा क्याचआउट गराए । त्यसपछि क्रिजमा आएका रुपेश सिंहलाई २ बल डट फाल्दै तेस्रो बलमा स्कट एडवार्ड द्वारा क्याचआउट गराउँदै सुपर ओभरमा दुइ विकेट गुमाउन पुग्दा नेपाल २ बल बाँकी हुँदै शुन्य रनमै समेटियो । जवाफमा सन्दीप लामिछाने बलिङका लागि मैदानमा आए उनको पहिलो बलमै माइकल लेभिटले छक्का हान्दै टिमलाई जित दिलाए ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







