Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

को को रहलान् मूख्यमन्त्री पौडेलको सचिवालयमा ?

Dormani-Paudel-1511537003-1519885538.JPG

१७ फागुन, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको सचिवालयमा को को रहलान् भन्ने चासो अहिले हेटौँडामा चर्चाको विषय बनेको छ ।

बलियो सचिवालयले मात्रै मूख्यमन्त्रीको कार्यकाल सफल हुने भएकाले पनि यसबारे धेरैको चासो बढेको हो । तर पनि अहिलेसम्म पौडेलले सचिवालयमा कसैलाई पनि औपचारिक रुपमा नियुक्त गरेका छैनन् । मूख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, प्रमुख प्रतिपक्ष दलका नेता लगायतले पाउने सेवा सुविधाबारे कानून नबन्दा पौडेललाई सचिवालय गठनमा समस्या परेको छ । सेवा सुविधासम्बन्धी कानून मन्त्रालयले पाईपलाईनमा राखेकाले अब छिट्टै यो संसदमा पुग्ने देखिन्छ ।

तर पनि पौडेलको सचिवालयमा रहन अहिलेदेखि नै दौडधुप, भनसुन शुरु भईसकेको एमाले स्रोतको भनाई छ । ‘सेवा सुविधासहितको पद भएकाले दौडधुप हुन स्वभाविक छ ।’–ति नेताले भने–‘तर कस्तो मान्छेलाई सचिवालयमा राख्ने भन्ने मूख्यमन्त्री र पार्टीले निर्णय गर्ने विषय हो ।’ अहिले पौडेलको सहयोगीको रुपमा अनुप पौडेलले काम गरिरहेका छन् । कानून बनेपछि उनी स्वकीय सचिव बन्ने निश्चित छ ।

मूख्यमन्त्रीले राजनैतिक सल्लाहकार पनि राख्न सक्ने भएकाले यसमा धेरैको चासो छ । तर एमाले स्रोतका अनुसार एमाले नेता श्रीधर पोखरेल राजनैतिक सल्लाहकार बन्ने सम्भावना बलियो छ । अर्का नेता एकलाल श्रेष्ठको नाम पनि चर्चामा रहेपनि उनले आफुले यसबारे कुनै चासो नराखेको बताए । राजनीतिमा लामो अनुभव, हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पनि भईसकेको र अहिलेको निर्वाचनमा एमालेलाई अहिलेको सफलता दिन उनको भूमिका महत्वपूर्ण रहेकोले पोखरेलको सम्भावना बलियो रहेको एमालेवृत्तमा चर्चा छ ।

त्यसैगरी, अहिले प्रेस सल्लाहकार बन्न पनि एमाले निकट पत्रकारहरुमा दौडधुप छ । एमाले पत्रकारमध्ये धर्मेन्द्र दाहाल, प्रकाश दाहाल, रामकुमार एलनको नाम चर्चामा छ । तर स्रोतका अनुसार धर्मेन्द्रको सम्भावना बलियो देखिन्छ । प्रेस चौतारीको केन्द्रबाट पनि यसमा चासो रहेकाले अन्तिम समयसम्म के हुन्छ अहिले नै भन्न नसकिने एमाले निकट एक पत्रकारको भनाई छ । सचिवालयमा एकजना महिला नेतृको पनि चर्चा छ ।

राजनीतिमा नदेखिएका तर आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका केही गैरराजनीतिक अनुहार पनि पछिल्लो समय सचिवालयमा रहन दौडधुपमा रहेका छन् । एमाले जिल्ला सचिव एवं प्रवक्ता एकलाल श्रेष्ठले भने पार्टीमा मूख्यमन्त्रीको सचिवालयबारे कुनै छलफल नभएको बताए । उनले यो मूख्यमन्त्रीको अधिकार भएकाले पार्टीसंग सल्लाह मागे मात्रै दिन सकिने बताए । चर्चामा रहेका नामबारे पनि कुनै जानकारी नभएको उनको भनाई थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार