६ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको नेतृत्व चयनकालागि नमुना निर्वाचन भएको छ । विद्यार्थीलाई मतदाता शिक्षा र प्रयोगात्मक अभ्यासका लागि शुक्रबार विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको चयन निर्वाचन प्रणालीबाट गरिएको हो।
शुक्रबार सम्पन्न निर्वाचनमा विद्यालय क्याप्टेनमा समर घिसिङ निर्वाचित भएका छन् भने दिपिसा श्रेष्ठ विद्यालय सह-क्याप्टेनमा निर्वाचित भएकी छन्।त्यसैगरी सम्पन्न निर्वाचन मार्फतमा ६ वटा सदनमा क्याप्टेन र सह-क्याप्टेन गरी १२ जना निर्वाचित भएका छन्।
सदनगत क्याप्टेनमा निलो सदनमा निशा लामा, सह- क्याप्टेनमा प्रेरणा गोले निर्वाचित भएकी छन्।हरियो सदनमा पृथ्वीनारायण यादव, सह - क्याप्टेनमा गुरु यादव निर्वाचित भएका छन्।
यता सुन्तला सदनमा सक्षम आचार्य र सदन क्याप्टेन र ज्यासमीन दोङ सह-क्याप्टेनमा विजयी भएकी छन्।पहेँलो सदनमा कुजा तितुङ सदन क्याप्टेनमा र रचना लामा सह-क्याप्टेनमा विजयी भएकी छिन्।
त्यसैगरी प्याजी सदनमा क्याप्टेनमा सृष्टी राना मगर र अमर मोक्तान सह - क्याप्टेनमा निर्वाचित भएका छन्।
यता रातो सदनको क्याप्टेनको नेतृत्व उज्जवल पटेलले गरेको छन्। त्यसैगरी रातो सदनको सह-क्याप्टेनमा उत्सव न्यौपाने विजयी भएका छन्।
आम निर्वाचनकै झल्को दिने गरी प्रदेश निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाले मतपेटिका, छेकाबार, लगायतको सामग्री सहयोग गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले बताएका छन्।
कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई मताधिकार र ६ देखि कक्षा १० सम्मका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको थियो । कक्षा ६ देखि कक्षा १० सम्मका अङ्ग्रेजी र नेपाली माध्यममा अध्ययनरत ५ सय बढी विद्यार्थीले मतदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडाले बताएका छन्। विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्ण मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचनमा सदनगत मतदान गरिएको थियो । मतदाता प्रकृयाका लागि विद्यालयले अघिल्लो साता कार्य तालिका सार्वजनिक गरिएको सहायक प्रअ तथा सहायक मतदान अधिकृत खेमराज लामिछानेले जानकारी दिएका छन्।सदन संयाेजक तथा सदस्यलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो भने स्काउटका सदस्यलाई म्यादी प्रहरीको जिम्मेवारी दिइएको थियो हेटौंडा २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, जनप्रतिनिधि, पत्रकार, मताहतका कार्यालय प्रमुख र अभिभावक र विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीलाई पर्यवेक्षक बनाइएको थियो। विजयी उम्मेदवारको प्रमाणपत्र वितरण र सपथ ग्रहण आइतबार गरिने सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले जानकारी दिएका छन्। गत वर्ष पनि विद्यालयले निर्वाचन प्रक्रियाबाट विद्यालय क्याप्टेन, सह-क्याप्टेन र सदन क्याप्टेन र सह-क्याप्टेनको नेतृत्व चयन गरेको थियो।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















