६ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको नेतृत्व चयनकालागि नमुना निर्वाचन भएको छ । विद्यार्थीलाई मतदाता शिक्षा र प्रयोगात्मक अभ्यासका लागि शुक्रबार विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको चयन निर्वाचन प्रणालीबाट गरिएको हो।
शुक्रबार सम्पन्न निर्वाचनमा विद्यालय क्याप्टेनमा समर घिसिङ निर्वाचित भएका छन् भने दिपिसा श्रेष्ठ विद्यालय सह-क्याप्टेनमा निर्वाचित भएकी छन्।त्यसैगरी सम्पन्न निर्वाचन मार्फतमा ६ वटा सदनमा क्याप्टेन र सह-क्याप्टेन गरी १२ जना निर्वाचित भएका छन्।
सदनगत क्याप्टेनमा निलो सदनमा निशा लामा, सह- क्याप्टेनमा प्रेरणा गोले निर्वाचित भएकी छन्।हरियो सदनमा पृथ्वीनारायण यादव, सह - क्याप्टेनमा गुरु यादव निर्वाचित भएका छन्।
यता सुन्तला सदनमा सक्षम आचार्य र सदन क्याप्टेन र ज्यासमीन दोङ सह-क्याप्टेनमा विजयी भएकी छन्।पहेँलो सदनमा कुजा तितुङ सदन क्याप्टेनमा र रचना लामा सह-क्याप्टेनमा विजयी भएकी छिन्।
त्यसैगरी प्याजी सदनमा क्याप्टेनमा सृष्टी राना मगर र अमर मोक्तान सह - क्याप्टेनमा निर्वाचित भएका छन्।
यता रातो सदनको क्याप्टेनको नेतृत्व उज्जवल पटेलले गरेको छन्। त्यसैगरी रातो सदनको सह-क्याप्टेनमा उत्सव न्यौपाने विजयी भएका छन्।
आम निर्वाचनकै झल्को दिने गरी प्रदेश निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाले मतपेटिका, छेकाबार, लगायतको सामग्री सहयोग गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले बताएका छन्।
कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई मताधिकार र ६ देखि कक्षा १० सम्मका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको थियो । कक्षा ६ देखि कक्षा १० सम्मका अङ्ग्रेजी र नेपाली माध्यममा अध्ययनरत ५ सय बढी विद्यार्थीले मतदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडाले बताएका छन्। विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्ण मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचनमा सदनगत मतदान गरिएको थियो । मतदाता प्रकृयाका लागि विद्यालयले अघिल्लो साता कार्य तालिका सार्वजनिक गरिएको सहायक प्रअ तथा सहायक मतदान अधिकृत खेमराज लामिछानेले जानकारी दिएका छन्।सदन संयाेजक तथा सदस्यलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो भने स्काउटका सदस्यलाई म्यादी प्रहरीको जिम्मेवारी दिइएको थियो हेटौंडा २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, जनप्रतिनिधि, पत्रकार, मताहतका कार्यालय प्रमुख र अभिभावक र विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीलाई पर्यवेक्षक बनाइएको थियो। विजयी उम्मेदवारको प्रमाणपत्र वितरण र सपथ ग्रहण आइतबार गरिने सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले जानकारी दिएका छन्। गत वर्ष पनि विद्यालयले निर्वाचन प्रक्रियाबाट विद्यालय क्याप्टेन, सह-क्याप्टेन र सदन क्याप्टेन र सह-क्याप्टेनको नेतृत्व चयन गरेको थियो।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















