Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका सबै पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Screenshot_20250624_21212-1750779549.jpg

१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले  मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। 
जील्लाको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  प्रस्तुत गरेको छ।पालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संजीव श्रेष्ठले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।गाउँपालिकाले आगामी आव का लागि ९० करोड ६ लाखको बजेट ल्याएको छ । पालिकाले चालु आर्थिक वर्षमा ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट  ल्याएको थियो। त्यसैगरी  राक्सिराङ गाउँपालिकाले पनि आजै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। पालिका उपाध्यक्ष वनस्तम थिङले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २ सय ८९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन ।यता मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पनि  आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाले गाउँसभामा आगामी आवका लागि ४१ करोड ७२ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेटमध्ये ४ करोड ३८ लाख ३८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट सङ्कलन गरिने र बाँकी रकम सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडबाट जुटाइने उल्लेख गरिएको छ। त्यसैगरी मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकासे पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। मकवानपुरगढी गाउँपालिका आगामी आर्थिक वर्षको लागि ७४ करोड ५ लाख ८४ हजार बजेट विनियोजन गरेको छ। मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट प्रश्तुत गरेको छ ।

यस अघि मकवानपुरको थाहा नगर, बागमती गाउँपालिकाले ७ गतेनै निती तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्।

FB_IMG_1750778668605-1750779549.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार