Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका सबै पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Screenshot_20250624_21212-1750779549.jpg

१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले  मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। 
जील्लाको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  प्रस्तुत गरेको छ।पालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संजीव श्रेष्ठले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।गाउँपालिकाले आगामी आव का लागि ९० करोड ६ लाखको बजेट ल्याएको छ । पालिकाले चालु आर्थिक वर्षमा ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट  ल्याएको थियो। त्यसैगरी  राक्सिराङ गाउँपालिकाले पनि आजै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। पालिका उपाध्यक्ष वनस्तम थिङले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २ सय ८९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन ।यता मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पनि  आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाले गाउँसभामा आगामी आवका लागि ४१ करोड ७२ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेटमध्ये ४ करोड ३८ लाख ३८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट सङ्कलन गरिने र बाँकी रकम सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडबाट जुटाइने उल्लेख गरिएको छ। त्यसैगरी मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकासे पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। मकवानपुरगढी गाउँपालिका आगामी आर्थिक वर्षको लागि ७४ करोड ५ लाख ८४ हजार बजेट विनियोजन गरेको छ। मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट प्रश्तुत गरेको छ ।

यस अघि मकवानपुरको थाहा नगर, बागमती गाउँपालिकाले ७ गतेनै निती तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्।

FB_IMG_1750778668605-1750779549.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार