१६ असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका ४५ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार पालिकाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका १९४ जना विद्यार्थी मध्ये ४५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
गतवर्षको तुलनामा यसवर्ष नतिजामा सुधार भएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । पहिलो पटक पालिका भित्रै परीक्षा केन्द्र सञ्चालन भएसँगै नतिजामा सुधार भएको उनले बताए । गाउँपालिकाले शिक्षामा क्रमशः विकास हुँदै गइरहेको अवस्थामा आगामी वर्ष यसभन्दा बढी सुधार हुनेमा विश्वास व्यक्त गरे । परीक्षा केन्द्रलाई आगामी वर्ष अझै व्यवस्थित बनाइने बताएका छन् ।
परीक्षामा सहभागी मध्ये १४९ जनाको एनजी आएको शिक्षा शाखाका प्रमुख समीर जोशीले बताए । गाउँपालिकामा २३.२ प्रतिशत विद्यार्थी उर्तिण भएका छन्, । ग्रेड वृद्धितर्फ ७७ जनाले परीक्षा दिएका मध्ये १८ जना उर्तिण भएका छन्, जोशीले भने । उत्कृष्ट जिपिए ल्याउने ४ जना विद्यार्थी मध्ये कालिका माविका छात्रा आयुष्मा घिसिङ (३.६५ जिपीए), सरस्वती नेगी (३.४७ जिपीए) ममता थिङ (३.४३ जिपीए) र व्यास माविका छात्रा सुमित्रा लो (३.२४ जिपीए) ल्याउँदै उष्कृष्ट बनेको प्रमुख जोशीले बताए ।गाउँपालिकाको कमलादेवी माविको २८ जना मध्ये १२ जना उर्तिण भएका छन् । त्यस्तै, भवानी माविको ४६ जना मध्ये ५ जना, व्यास माविको ४८ जना मध्ये ८ जना, धुवाङ माविको ९ जना मध्ये १ जनाले एसइइ उर्तिण गरेका छन् । यसैगरी कालिका माविका ४५ जना मध्ये १३ जना र रत्नज्योति माविका १८ जना मध्ये ६ जनाले एसईइ परीक्षा उर्तिण गरेको प्रमुख जोशीले बताए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















