Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिडिओको आदेशमा प्रशासन कार्यालयमा अनुमति बिना फोटो भिडियो खिच्न प्रतिबन्ध

FB_IMG_1747019717030_edit-1751515644.jpg

१९ असार, हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले  जिल्ला प्रशासन कार्यालय परिसर र प्रशासन प्रमुखको कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएकी छन्। 
मकवानपुरकी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यो निर्णय गरेकी हुन्। उनले सूचनानै टास गरी अनुमति बिना फोटो, भिडियो खिच्न मनाही छ भनेकी हुन्। सो प्रतिबन्धको पर्चा कार्यालयको भित्तामा टास गरेकी छिन्। 
यो नियम पत्रकारलाई समेत रहेको स्पष्ट पारेकी छिन्। पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अनुमति बिना प्रशासनको कुनै पनि गतिविधि खिच्न रोक लगाइएको जवाफ दिएकी हुन ।
उनले  भिडियो र फोटो खिच्दा कार्यालयको सेवा प्रवाहमा समस्या आउन सक्ने भएकोले  मैले नोटिस नै टाँसेर यो विषयमा अनुमति लिनुपर्ने भनेको छु ।’ प्रजिअ श्रेष्ठले पत्रकारको टोलीलाई स्पष्ट पारेकी छिन्।गत असार ६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रजिअ श्रेष्ठले भिडियो खिच्न रोक लगाएकी थिइन् । सो विषयमा पत्रकार महासंघको जिल्लादेखि केन्द्रीय समितिसमेतले विज्ञप्तिमार्फत फोटो भिडियो खिच्न रोक लगाइनु प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै विरोध जनाएको थियो । महासंघ मकवानपुरको असार १२ गते बसेको बैठकले प्रशासनमा फोटो भिडियो खिच्न रोक लगाएको विषयमा खेद प्रकट गर्ने निर्णय गरेको थियो । प्रजिअ श्रेष्ठ हेटौंडा १६ निवासी हुन्। उनको यो गृह जिल्ला समेत हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार