Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा अर्का वडाध्यक्ष माथि हातपात, शुक्रबार उपमहानगरको काम ठप्प

Screenshot_20250703_19520-1751551643.jpg

१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का वडाध्यक्षमाथि दिनदहाडै हातपात भएको छ।

बिहीबार सार्वजनिकस्थलमै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि  हातपात भएको हो । सिग्देललाई एक निर्माण व्यवसायी महिलाले हातपात गरेको जनाइएको छ ।
बिहीबार हेटौंडा ४ हेटौंडा क्याम्पसअगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका बेला वडाध्यक्ष सिग्देलमाथि  काभ्रे रोशी गाउँपालिका घर भएकी निर्माण व्यवसायी मञ्जु लामाले हातपात गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
सडक निर्माणको ढिलासुस्तीलाई लिएर विवाद सुरु भएको समयमा निर्माण व्यवसायी लामाले भिडियो खिच्न खोज्दा आफूले भिडियो खिच्न नदिएको विषयलाई लिएर आफूमाथी आक्रमण भएको वडा अध्यक्ष सिग्देलले बताएका छन्।
"मैले स्थानीयहरुसंग लामो समयदेखि अलपत्र छाडिएको  सडक निर्माणमा सहजीकरण गरिरहेको समयमा एक्कासी म माथि ट महिलाले  हातपात गरेको" - वडा अध्यक्ष सिग्दलले भने । 

यता हातपात गर्ने महिलालाई  नियन्त्रणमा लिएको  मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । बिहीबारको उक्त घटानापछि सडक निर्माण कार्य रोकिएको छ भने वडा कार्यालयले शुक्रबारका लागि तय भएका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ। यस्तै हेटौँडा उपमहानगरपालिकाले पनि जनप्रतिनिधिमाथि निरन्तर भइरहेको आक्रमणको घटनामा दोषीलाई कारवाही नभएको भन्दै विरोधमा शुक्रबार सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। 

उपमहानगर प्रमुख मीनाकुमारी लामाले बिहीबार साँझ पत्रकारहरुसँग कुरा गर्दै नगरका वडाध्यक्षहरूको सुरक्षामा गम्भीर चुनौती देखिएकाले विरोध स्वरुप एकदिन पालिकाभित्रका सम्पूर्ण कामहरु बन्द गर्नुपरेको बताइन्। यस घटनाले  हेटौंडाको सुरक्षा माथि चुनौती थपिएको छ। पत्रकारलाई प्रशासन कार्यालयमा फोटो र भिडियो खिच्न प्रतिबन्ध लगाउने प्रमुख जिल्ला अधिकारीलाई यस किसिमको घटनाले सुरक्षा व्यवस्थामा असफल तुल्याएको छ। यता मकवानपुर प्रहरीले घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार