Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादी बकैयाको अध्यक्षमा गौतम

Moist-1520002409.jpg

१८ फागुन, हेटौँडा । नेकपा माओवादी केन्द्र बकैया गाउँपालिकाको सम्मेलनले लोकनाथ गौतम अध्यक्ष रहने गरि ४५ सदस्यीय समिति गठन भएको छ । बकैयाको महेन्द्र उच्च मावि छतिवनमा भएको सम्मेलन नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा ज्ञानकुमार थोकर, पर्शुराम गौतम, रामहरी गौतम, भक्तबहादुर खत्री र सिर्जना थिङलाई चयन गरेको छ । त्यस्तै सचिवमा लक्ष्मी माझी, सहसचिवमा चन्द्र न्यासुर, भवनाथ तिमल्सिना र अशोक जिम्बा चयन भएका छन् । कोषाध्यक्षमा मोतिलाल सिङ्गारसहित अन्य ४५ जना सदस्यहरु चयन भएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेश सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाभित्रका २५ जना जनयुद्धका शहिदहरुलाई श्रद्धासुमन अर्पण गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए । बकैया गाउँपालिकाको १२ वटा वडाबाट क्रियाशिल सदस्य २० जना बराबर एक प्रतिनिधि, जनवर्गीय संगठनहरु शिक्षक बुद्धिजीवीबाट १० जना, वाईसिएलबाट १० जना, किसानबाट २ जना, महिलाबाट ५ जना, दलित र विद्यार्थीबाट ५–५ जना गरि २ सय ५५ जना प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै कुल प्रतिनिधि संख्याको २० प्रतिशत परिवेक्षक रहेका थिए । माओवादी केन्द्र बकैया गाउँपालिका ईन्चार्ज लक्ष्मी पाख्रिन डोल्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य प्रमिला लामा, वाईसीएल जिल्ला इन्चार्ज जीवन गोले, वाईसीएल जिल्ला अध्यक्ष सुमन पाख्रिन, जिल्ला सदस्य सन्तविर लो, शिक्षक प्रतिनिधि शुक्र विक लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार