२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले बाढीले पुर्याएको क्षति, उद्धार र राहतबारे जनाकारी गराएका हुन् ।
उनले नेपाल–चीन सीमा क्षेत्रमा बग्ने लेन्दे खोला हुँदै भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढीमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको बताए । उनले घटनामा हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएका छन् भने हालसम्म धादिङको त्रिशूली किनारमा २ शव फेला परेको उनलेे जानकारी दिए ।
त्यस्तै उनले रसुवा, धादिङ र नुवाकोटमा तीन वटा शरीरका अङ्ग फेला परेको भन्दै नुवाकोटस्थित विदुरमा त्रिशूलीमा दायाँ खुट्टा नभएको पुरुषको शव फेला परेको तथा वेनिघाट चरौदिमा अन्दाजी ४०, ४५ वर्षका अर्का पुरुषको शव फेला परेको बताए ।
मन्त्री लेखकले भरतपुरमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको बताए । उनले बाढीले मितेरी पुल बगाएको, आवतजावत पूर्ण रुपमा बन्द भएको, बाढीका कारण स्याफ्रुवेसीदेखि टीमुरेसम्मको सडक अवरुद्ध भएको जानकारी दिंदै सवारी साधनतर्फ सुख्खा बन्दरगाह भन्सारबाट २३ ट्रक, ३५ विद्युतीय गाडी र ६ वटा सिनो ट्रक बगाएको बताए । उनका अनुसार रसुवागढी हाइड्रो र त्रिशूली थ्रीडी बगाएको भने संयुक्त जाँच चौकी पनि क्षतिग्रस्त भएको बताए । उनले ३० जनाको हवाई उद्धार गरेको जानकारी दिए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















