२८ असार, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दा सेनु परियारले दुई गोल गरिन्। पहिलो हाफमै ३-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्यो। भुटानले एक मात्र सान्त्वना गोल दोस्रो हाफमा फर्कायो।
खेलको नवौं मिनेटमै सेनुले वर्षा ओलीको पासमा आकर्षक गोल गर्दै नेपालको खाता खोलेकी थिइन्। त्यसपछि १८औं मिनेटमा वर्षाको अर्को पासमा पूर्णिमाले सिक्स यार्ड बक्सबाट गोल गर्दै अग्रता दोब्बर पारिन्। हाफको अन्त्यतिर सेनुले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल पहिलो हाफमा ३-० ले अगाडि रह्यो।
दोस्रो हाफको शुरुवातमै, ५३औं मिनेटमा केल्देन वाङ्मोले भुटानका लागि गोल फर्काए पनि त्यसको केही मिनेटमै पूर्णिमाले दोस्रो गोल फर्काएर स्कोर ४-१ बनाइन्। त्यसपछि उनी पूरै चम्किइन्। ८३औं मिनेटमा ह्याट्रिक पूरा गरेकी पूर्णिमाले ८८औं मिनेटमा व्यक्तिगत चौथो गोलसमेत गर्दै नेपालको जित पक्का गरिन्।
नेपालले अब आइतबार बंगलादेशसँग खेल्नेछ। प्रतियोगितामा चार टोली सहभागी छन् र डबल राउण्ड रोबिनको आधारमा खेल हुनेछ। सबै टोली एक अर्कासँग दुई पटक भिड्नेछन्। अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीलाई च्याम्पियन घोषणा गरिनेछ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







