Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

साफमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले हरायो

nepal-u-20-football-team-1752282835.jpg

२८ असार, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दा सेनु परियारले दुई गोल गरिन्। पहिलो हाफमै ३-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्‍यो। भुटानले एक मात्र सान्त्वना गोल दोस्रो हाफमा फर्कायो।
खेलको नवौं मिनेटमै सेनुले वर्षा ओलीको पासमा आकर्षक गोल गर्दै नेपालको खाता खोलेकी थिइन्। त्यसपछि १८औं मिनेटमा वर्षाको अर्को पासमा पूर्णिमाले सिक्स यार्ड बक्सबाट गोल गर्दै अग्रता दोब्बर पारिन्। हाफको अन्त्यतिर सेनुले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल पहिलो हाफमा ३-० ले अगाडि रह्यो।
दोस्रो हाफको शुरुवातमै, ५३औं मिनेटमा केल्देन वाङ्मोले भुटानका लागि गोल फर्काए पनि त्यसको केही मिनेटमै पूर्णिमाले दोस्रो गोल फर्काएर स्कोर ४-१ बनाइन्। त्यसपछि उनी पूरै चम्किइन्। ८३औं मिनेटमा ह्याट्रिक पूरा गरेकी पूर्णिमाले ८८औं मिनेटमा व्यक्तिगत चौथो गोलसमेत गर्दै नेपालको जित पक्का गरिन्।
नेपालले अब आइतबार बंगलादेशसँग खेल्नेछ। प्रतियोगितामा चार टोली सहभागी छन् र डबल राउण्ड रोबिनको आधारमा खेल हुनेछ। सबै टोली एक अर्कासँग दुई पटक भिड्नेछन्। अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीलाई च्याम्पियन घोषणा गरिनेछ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार