२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्लाको बकैया गाउँपालिका ५ राजदमारबाट हारजित हुने गरि जुवा खेली रहेको अवस्थामा नगद ८ लाख ३६ हजार सहित २२ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।हारजित हुने गरी जुवातास खेल भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय फापरबारीबाट सिनियर प्रहरी अधिकारीको कमाण्ड गएको प्रहरी टोलीले शनिबार बिहान १ बजे बकैया गाउँपालिका ५ बस्ने मिलन थिङको घरमा जुवा खेलिरहेको भन्ने सुचनाको आधारमा नगद सहित २२ जनालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा घरधनी मिलन थिङ सहित हेटौंडा वडा नम्बर ८,९, १६,१८ का केही व्यक्ति, सिन्धुलीको दुधौली, कमलामाई, रौतहटको बोधीमाई, गौर मकवानपुरको बागमती गाउँपालिका स्थायी ठेगाना भएका रहेको जनाइएको छ। प्रहरीले जुवा खाल बाट ३ सेट कौडा सहित आठ लाख छत्तिस हजार चालीस रुपैयाँ बरामद गरेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...
१९ असार, हेटौंडा । स्पेन फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार लस एन्जलसमा भएको नकआउट खेलमा स्पेनले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित...
१८ असार, हेटौंडा । थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।...
१८ असार, हेटौंडा । नेपाल सरकारले ८ जना एआईजीहरूकाे सरुवा गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले ८ जना...
१८ असार, हेटौंडा । प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । बिहीबार बसेको...
१८ असार, हेटौंडा । ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...


















