Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा बागमती प्रदेश प्रहरी अस्पतालको भवन शिलान्यास

Screenshot_20250715_14532-1752570575.jpg

३१ असार, हेटौंडा। बागमती प्रदेश प्रहरी अस्पतालको शिलान्यास गरिएको छ।मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका– १७ स्थित हटियामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको हो।

मंगलबार बिहान एक  कार्यक्रमका बीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयन हुने सो अस्पताल निर्माण योजनाअनुसार पहिलो चरणमा १५ शय्याको अस्पताल बनाइने जनाइएको छ । बागमती प्रदेश सरकारको कुल लागत आठ करोड तीन लाख ७१ हजार रुपैयाँ रहने अस्पतालको निर्माण कार्य आगामी ०८३ साल पुस १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल हेटौंडा १५ रातोमाटे स्थित रातोमाटे गणबाट अस्पतालले प्रहरी कर्मचारीलाई मात्र सेवा दिदै आएको छ। हेटौंडा १७मा अस्पताल बनेपछि नागरिकपनि सेवा दिने अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डाक्टर प्रयास विडारीले जनाएका छन्।
यता सार्वजनिक सुरक्षा सुदृढीकरण र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले प्रविधिमा आधारित निगरानी प्रणाली आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।प्रदेशका १० जिल्लामा जडान भएका सिसिटिभिको उदघाटन गरिएको हो।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मंगलबार बिहान औपचारिक रूपमा उद्घाटन गरेका छन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण पौडेल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो। 

FB_IMG_1752591660051-1752591676.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार