Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अछाममा सर्वसाधारण कुट्ने वडाध्यक्ष सहित २ जना पक्राउ

Screenshot_20241031_15341-1752718527.jpg

१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न  एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्।

असार २२ गते जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित सनसाइन प्लाजा होटलमा अछाम तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरबस्थानका  ३१ वर्षीय कर्ण बहादुर बुढालाई घेरा हालेर कुटपिटको घटनामा संलग्न मंगलसेन ९ जना मध्ये वडा नम्बर ५ का वडाध्यक्ष झंकार भाट सहित अन्य १ जनालाई अछाम प्रहरीले पक्राउ गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।

झंकार भाट सहित ३५ वर्षीय बल भाट ,बर्ष अन्दाजी २६ को कमल भाट, बर्ष अन्दाजी ३२ को मदन बिष्ट, ऐ. वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी २७ वर्षीय बिष्णे कठायत र अन्य नाम थाहा नभएका ४ जना गरी ९ जनाले बुढासँग वादबिवाद गरी निजलाई हात, मुक्का, लात्ता,धारीलो हतियार नक, खुकुरी र फलामको रड प्रहार घरी घाइते बनाएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख भण्डारीले जानकारी दिएका हुन्। 
बुढाको अनुहारको भाग चिउडोको भाग तथा शरीरको अन्य भागहरूमा गम्भिर चोटपटक लागेको, २  वटा दाँत भाँचिएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
घटनामा संलग्न मध्ये झंकर भाट र मदन बिष्टलाई पक्राउ  गरिएको र अन्यको खोजी कार्य भइरहेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झंकार भाट २०७९ सालमा भएको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट मंगलसेन नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्षमा निर्वाचित भएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार