जिप्रका परिसरमै कालो व्यानर टागेर हेटौंडाका जनप्रतिनिधिको विरोध
४ साउन, हेटौंडा । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का विरुद्ध आन्दोलित बनेका छन्।
गत असार ४ गते कार्यालयमै काम गरिरहेको समयमा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने माथि भएको हातपात र आक्रमण भएको घटनामा संलग्नलाई पक्राउ नगरिनु र घटनामा उदासिनता देखाएको भन्दै हेटौंडाका जनप्रतिनिधि प्रजिअ र एसपी विरुद्ध आन्दोलीत बनेका हुन्।
हेटौंडाका उपमेयर राजेश बानियाँको नेतृत्वमा आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको गोलघरमा साङ्केतिक कार्यालय नै खडा गरेर सुरक्षा प्रमुख विरुद्ध कालो व्यानरनै टाँगेर प्रदर्शन गरेका हुन् ।मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँनु, वडाध्यक्ष माथि हातपात हुनु, दिउँसै नगरका घरमा चोरीका घटना बढ्दा समेत प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नगरेकोले वाध्य भएर विरोधमा उत्रनुपरेको उपमेयर बानियाँले बताएका छन् ।
"म हेटौंडा नगरको न्यायिक समितिको संयोजक,जनप्रतिनिधी कुटिदा प्रशासन उदासिन रहन्छ, जनताको प्रतिनिधि आज न्याय माग्न यसरी विरोधमा उत्रनु पर्यो, यो विडम्बना हो, न्याय नपाउँदा विरोध गरिएको हो यो मेरो मात्र होइन जनतको अपेक्षा पनि हो"। - उपमेयर बानियाँले भने।
यता मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्काले घटनाका दोषी कोही पनि उम्किन नसक्ने, संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको पक्राउ परेका एकजना हाजिर जवानीमा रहेको, अन्यको खोजी कार्य जारी रहेकोले छिट्टै पक्राउ गर्ने दावी गरेका छन्। पछिल्ला केही महिनादेखी मकवानपुरका सिडिओ स्किम श्रेष्ठ र र मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का नेतृत्वको सुरक्षा कमाण्डले जिल्ला र बागमती प्रदेशको राजधानी हेटौंडाको सुरक्षा व्यवस्थापनको सवालमा चुकेको आरोप खेप्दै आएका छन् ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















