Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विपन्न परिवारको काजक्रियामा मनहरी गाउँपालिकाको आर्थिक सहयोग

Screenshot_20250722_20204-1753195094.jpg

६ साउन, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको काजक्रिया लागि उपलब्ध गराउदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिएको छ ।गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडाध्यक्ष नारायण उप्रेतीसहितको उपस्थितिमा मंगलबार मनहरी–८ का चारवटा परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ र श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको छ ।

केही दिनअघि मात्रै निधन भएका मनहरी ८ का कृष्णबहादुर प्रजाको परिवारलाई भेट गरी मृत्यु दर्ताका साथै काजकिरियाबापत २० हजार रुपैयाँ प्रदान गरिएको हो । त्यसैगरी केही समयअघि निधन भएका लोकप्रसाद सुवेदी, बाबुराम स्याङ्तान र बिमन विकको परिवारलाई अध्यक्ष कालाखेतीसहितले घरमै पुगी श्रद्धाञ्जलीपत्र र नगद सहयोग हस्तान्तरण गरेका थिए।परिवारका सदस्यको निधनपश्चात् काजकिरिया गर्नका लागि आर्थिक समस्या झेल्दै आएका विपन्न परिवारलाई पालिकाले गत आर्थिक वर्षदेखि प्रति परिवार २० हजार रुपैयाँ सहयोग प्रदान गर्न सुरु गरेको हो । परिवारको सदस्यको मृत्युपछि जनप्रतिनिधि घरमै पुगेर मृत्यु दर्ताको कागजसमेत हस्तान्तरण गर्ने गरेका छन् । 

 गत आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरी मृतकको घरमै पुगेर काजकिरिया गर्नका लागि पालिकाकाले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । गत वर्ष मात्रै करिब एक सय ८० परिवारलाई काजकारिया खर्चबापत रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिएका छन्।वडा कार्यालयबाट मृत्युदर्तासहित विपन्नको सिफारिस गरेपछि गाउँपालिका कार्यालयले काजकिरिया गर्न प्रति परिवार २० हजार रुपैयाँ नगद उपलब्ध गराउने गरेको हो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार